कञ्चन डेभलपमेण्ट बैंकले पायो ५० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति

Nov 20, 2016 Merolagani

कञ्चन डेभलपमेण्ट बैंक (KADBL) ले ५० प्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले एक सय रुपैंया अंकित दरमा ९ लाख ९० हजार कित्ता हकप्रद निष्काशनका लागि गत शुक्रबार स्वीकृति दिने निर्णय गरेको हो ।

कञ्चनपुरमा मुख्य कार्यालय रहेको तीन जिल्ले कञ्चनले हकप्रद निष्काशनबाट अहिलेको चुक्ता पूजी १९ करोड ८० लाख रुपैंयालाई २९ करोड ७० लाख रुपैंया पुर्याउन लागेको हो । गत आर्थिक वर्षको कमाईबाट बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस र १ दशमलव ३२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकमा पठाएको छ ।

 

राष्ट्र बैंकबाट उक्त प्रस्ताव स्वीकृत भए पछि बैंकले साधारण सभा आह्वान गर्नेछ । यसका लागि बैंकले एकै पटक हकप्रद र बोनस शेयरको बुक क्लोज गर्न सक्ने देखिन्छ । एकै समयमा राष्ट्र बैंक र धितोपत्र बोर्डबाट बोनस र हकप्रद स्वीकृत भएकाले बैंकले एउटै बुक क्लोजमा हकप्रद निष्काशन तथा बोनस बितरण गर्न चाहेमा त्यस्तो हन सक्ने देखिन्छ । यस अघि पनि केही कम्पनीहरुले यसरी नै बुक क्लोज गरेका थिए ।

बोनस बितरण तथा हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैंया पुग्नेछ । बैंकले अघिल्लो आर्थिक वर्षमा लगानीकर्तालाई २० प्रतिशत बोनस दिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको बैंकको जगेडा कोषमा ९ करोड ४६ लाख रुपैयाँ राखेको छ । निष्क्रिय कर्जा २ दशमलव ९० प्रतिशत रहेको बैंकको प्रतिशेयर आम्दानी १६ दशमलव ४४ रुपैयाँ (वार्षिक), प्रतिशेयर नेटवर्थ १ सय ४७ दशमलव ७८ रुपैयाँ र तरलता अनुपात २२ दशमल ५० प्रतिशत रहेको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।