सेञ्चुरी बैंकले यस कारण गर्न सकेन प्रगति, प्रतिशेयर आम्दानी खस्कियो

Nov 21, 2016 Merolagani

अधिकांश वाणिज्य बैंकको सुधारिएको त्रैमासिक वित्तीय विबरण आउँदा सबैभन्दा पछाडि वित्तीय विबरण सार्वजनिक गरेको सेञ्चुरी कमर्शियल बैंकले भने लगानीकर्तालाई उत्साहित पार्न सकेन । उसले गत आर्थिक वर्षको पहिलो त्रैमासको कमाई भन्दा माथि उठ्न नसकेको वित्तीय विबरण प्रकाशित गरेको छ । निक्षेप र कर्जा रकममा वृद्धि भए पनि खुद नाफा एक वर्ष पहिलेकै तहमा रहेको वित्तीय विबरण निकाल्दा लगानीकर्तामा उत्साह जाग्न नसकेको हो ।

सम्भावित जोखिम, कर्मचारी खर्च, बोनस, सञ्चालन खर्च लगायत शिर्षकको रकम बढ्दा गैर सञ्चालन मुनाफा लगायत शिर्षकमा आएको गिरावटले बैंकको कमाई जहाँको त्यहि रहेको हो ।

निक्षेप संकलनलाई समिक्षा अवधिमा २५ अर्ब ३० करोडबाट ३१ अर्ब ६८ करोड रुपैंया पुर्याएको बैंकले कर्जा प्रवाह पनि २१ अर्ब ३२ करोडबाट २७ अर्ब ५९ करोड रुपैंया पुर्याएको छ । यस दौरानमा अन्य दायित्व शिर्षक ६१ करोड ९४ लाख रुपैंयाबाट २ अर्ब ३५ करोड २२ लाख रुपैंया पुर्याएको बैंकको व्याज आम्दानी १८ करोड ४१ लाख रुपैंयाबाट २१ करोड ८१ लाख रुपैंया पुगेको छ । कुल सञ्चालन मुनाफा २४ करोड १८ लाख रुपैंयाबाट ३० करोड १८ लाख रुपैंया पुगेको बैंकको कर्मचारी खर्च, अन्य सञ्चालन खर्च तथा सम्भावित जोखिम वापतको व्यवस्थामा भएको उच्च वृद्धिले खुद सञ्चालन मुनाफा १० करोडबाट १२ करोड पुगेको छ ।

गैर सञ्चालन मुनाफा, राइट व्याक घट्दा बैंकको कर्मचारी बोनस र करमा आएको बढोत्तरीले उसको खुद नाफा ७ करोड ४२ लाख ७४ हजार रुपैंयामा सिमित भएको हो । गत वर्षको असोज मसान्तमा बैंकले ७ करोड ४२ लाख १४ हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको कमाई ५० हजार रुपैंयाले मात्र बढेको हो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी २ अर्ब १२ करोड रुपैंयाबाट बढेर २ अर्ब ८४ करोड ८ लाख रुपैंया पुगेको छ । पूँजी बढ्दा कमाई नबढेका कारण बैंकको प्रतिशेयर आम्दानी भने खस्किएको छ । समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैंयाबाट १० रुपैंया ४५ पैसामा खुम्चिएको छ ।

निष्कृय कर्जा अनुपात शुन्य दशमलव ३३ प्रतिशत रहेको बैंकको जगेडा कोषको आकार भने ३६ करोड ८२ लाख रुपैंयाबाट बढेर ६० करोड ६९ लाख रुपैंया पुगेको छ । मूल्य आम्दानी अनुपात ४३ दशमलव ५१ गुणाले बढी रहेको बैंकको प्रतिशेयर नेटवर्थ एक सय २१ रुपैंया ३६ पैसा रहेको छ ।

केही समय अघि मात्र ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेर अहिले नबिकेको शेयर लिलाम गरिरहेको बैंकलाई राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउनका लागि फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ । आफैंले ८ अर्ब चुक्ता पूँजी पुर्याउन असम्भव प्राय देखिएको बैंकले उचित साझेदार खोजेर मर्जमा नजाला भन्न सक्ने अवस्था छैन ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।