कृषि बिकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, छुट्नु होला नि

Nov 22, 2016 Merolagani

कृषि विकास बैंक (ADBL) ले निष्काशन गरेको ५० प्रतिशत हकप्रद आज मंगलबार कार्यालय समयपछि आबेदन लिन बन्द हुँदैछ । गत कात्तिक ३ गतेदेखि निष्काशन भएको शेयर २६ कार्यदिनका दिन बन्द हुन लागेको हो । पुरानो बैंक भएका कारण पुराना शेयरका बारेमा जानकारी कम भएका कतिपय लगानीकर्ताले सेयर नभरेको पाईएकाले आबेदन बाँकी रहेकाहरुले आजै आबेदन गर्नुपर्ने भएको छ । 

कृषि विकास बैंकले अग्राधिकार शेयर बाहेकको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैंयाको ५० प्रतिशतले हुने १ अर्ब ९६ करोड ८८ लाख रुपैंया बराबरको हकप्रद निष्काशन गरेको थियो । जसमा नेपाल सरकारले १ अर्ब रुपैंया जम्मा गरिसकेको छ भने सर्वसाधारण लगानीकर्ताबाट गत शुक्रबारसम्ममा ६० करोड रुपैंया बराबरको हकप्रद भरेको मेरोलगानीसँग कुरा गर्दै बैंकका कम्पनी सचिव प्रताप सुवेदीले बताए । उनका अनुसार मंगलबारसम्मका लागि निष्काशन भएको हकप्रदको म्याद नथप्ने निर्णय भए अनुसार सुचना प्रकाशित गरिएको छ ।

कात्तिक तीनदेखि निष्काशन भएको हकप्रदमा तिहार तथा अरु विदाका कारण जम्मा २६ कार्य दिनसम्म मात्र लगानीकर्ताले आवेदन गर्न पाएका छन् । बैंकको हकप्रदका लागि मंगलबार बैंकिङ समयसम्ममा बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटलको कार्यालय लालदरबार (जयनेपाल सिनेमा नजिक), एस डेभलपमेण्ट बैंकको मुख्य कार्यालय नक्साल तथा शाखा कार्यालयहरु किर्तिपुर, जावलाखेल, चाबहिल, न्युरोड र कौशलटार शाखामा सम्पर्क गर्नु पर्ने हुन्छ । त्यसै गरी डिल्लीबजारस्थित बाटुले घरमा रहेको सिआईबिएल क्यापिटल तथा कृषि विकास बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुबाट पनि हकप्रद भर्न सकिनेछ ।

म्याद सकिने सुचना हेर्न यहाँ जानुहोस् ।

बैंकले मंगलबार बैंकिङ समयसम्ममा पर्ने आवेदनबाट बढीमा ७० करोड रुपैंयाको हकप्रद संकलन गर्दा पनि २६ करोड रुपैंया भन्दा बढीको हकप्रदमा आवेदन पर्ने छैन । पछि यो शेयर बैंकले लिलामबाट बिक्री गर्नेछ । चुक्ता पूँजी ८ अर्ब रुपैंया बनाउने क्रममा ५० प्रतिशत हकप्रद पश्चात २० प्रतिशत बोनस बितरण गर्ने पूँजी योजना राष्ट्र बैंकमा बुझाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैंया खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै ४२ करोड रुपैंया खुद नाफा गरेको बैंकले हकप्रदमा नबिकेको शेयर लिलामका साथै नियमित व्यवशायबाट हुने आम्दानीले दोस्रो त्रैमासमा नै उल्लेख्य कमाई गरेको वित्तीय विबरण निकाल्ने देखिन्छ ।

बैंकको सूचना पुरै हेर्न यहाँ जानुहोस् ।

कृषि बिकास बैंकको ५० प्रतिशत हकप्रद भर्न सुरु, कहाँ-कहाँ पाईन्छ आबेदन पत्र ?

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।