भुकम्पबाट प्रभावित विद्यालय निमार्णमा नबिल बैंकका कर्मचारीद्धारा चार लाख सहयोग

Nov 23, 2016 merolagani

नबिल बैंक (NABIL) का कर्मचारीहरुले सिन्धुपाल्चोकको फाटक शिला माध्यमिक विद्मालयलाई चार लाख एक हजार सात सय त्रियासी रुपैयाँ सहयोग गरेका छन् । ०७२ साल बैशाखको भुकम्पबाट अति प्रभावित भएको उक्त विद्यालय निर्माणको लागि सो सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।

 

सो विद्मालयका विद्मार्थीहरुको पढाईमा सहजताको निम्ती नबिल बैंकका कर्मचारीहरुद्वारा आफ्नो तलबबाट कट्टा गरी उक्त सहयोग प्रदान गरिएको हो ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले विद्मालयका प्रधानाध्यापक ईश्वर चौलागा“ईलाई सहयोग रकम हस्तान्तरण गर्दै भवन निर्माणको लागि शिलान्यास गरे ।

बैंकका कर्मचारीहरुको तर्फबाट भुकम्पबाट आफ्नो बास गुमाउन पुगेका पिडित परिवारहरुको अस्थायी बसोबासका लागि नबिल बैंकका कर्मचारीहरुले सिन्धुपाल्चोक जिल्ला, भिमटार गा.बि.स. वडा नंं ९ तथा दोलखा जिल्ला, सुनखानी गा.वि.स. वडा नंं. ३ का भुकम्प पिडितहरुलाई राहत सामग्री वितरण गरेका थिए ।

.................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।