ग्रीन डेभलपमेण्ट बैंकको सेयर कारोबार खुल्यो

Nov 24, 2016 merolagani

ग्रीन डेभलपमेण्ट बैंक (GRDBL) को विहिबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर कारोबार खुलेको छ । गत जेठमा ४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको कम्पनीको पहिलो पटक नेप्सेमा कारोबार सुरु भएको हो ।

ग्रीन डेभलपमेण्ट बैंकको नेप्से जिआरडिबिएल कोडमा सेयर कारोबार हुनेछ । नेप्सेले प्रतिकित्ता सेयरमूल्य ८३ रुपैयाँदेखि २४८ रुपैयाँ तोकेको छ ।

बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले १० करोड रुपैंया चुक्ता पूँजी पुर्याउन ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

बैंकले बागलुङ, म्याग्दी र कास्की जिल्लामा कार्यक्षेत्र बिस्तार गरी वित्तीय सेवा दिंदै आएको छ । बैङकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी दश करोड रुपैयाँ रहेको छ ।

साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी पुगेको छ ।

.................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।