आरएसडिसी लघुवित्तले साधारण शेयर निष्काशनका दौरान निष्काशनको जिम्मेवारी दिएको एनआईबिएल क्यापिटललाई नै बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । अब आरएसडिसी लघुवित्तको शेयर हुने सबै लगानीकर्ताले उक्त शेयरसँग सम्बन्धित कामका लागि एनआईबिएल क्यापिटल लाजिम्पाटमा सम्पर्क गर्नु पर्ने हुन्छ । यस सम्बन्धमा क्यापिटल र लघुवित्तले सम्झौता गरेका छन् ।
त्यसै गरी दिव्वश्वरी हाइड्रोले पनि साधारण शेयर निष्काशनको जिम्मेवारी दिएको एस क्यापिटललाई नै शेयर बिक्रिी प्रबन्धकको जिम्मेवारी दिएको छ । यस सम्बन्धमा हाइड्रो र एस क्यापिटलका बिचमा सम्झौता भएको छ । अब दिव्यश्वरी हाइड्रोको साधारण शेयर भएका लगानीकर्ताले शेयर बेच्ने बाहेकका सबै प्रकृयाका लागि एस क्यापिटलको कार्यालय लालदरबार (जय नेपाल सिनेमासँगै) हात्तिसारमा सम्पर्क राख्नु पर्ने हुन्छ ।
दुवै कम्पनीले सर्वसाधारणमा जारी भएको शेयर सुचिकरणको प्रकृया अघि बढाएका छन् । नेपाल स्टक एक्सचेञ्जमा कम्पनीले शेयर सुचिकरण गराए पछि कारोबार सुरु हुनेछ ।
.....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
.....................................................................................................................................................................