विहिबार नेप्सेमा यति डेभलपेमन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्स, रिलायन्स फाइनान्स तथा भक्तपुर फाइनान्सकोगरि कित्ता सेयर संस्थापकबाट साधारणमा रुपान्तरण भएको छ । पाँच कम्पनीको ५६ लाख ७६ हजार ४०१ किक्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तर गरिएको नेप्सेले जनाएको छ । जसमा सबैभन्दा धेरै यति डेभलपमेन्ट बैंकको २३ लाख ९९ हजार किक्ता सेयर रहेको छ ।
भक्तपुर फाइनान्स सेन्ट्रल फाइनान्ससँग मर्जरको प्रक्रिया रहेकाले नेप्सेमा कारोबार भने रोक्का रहेको छ ।
त्यस्तै एनबी इन्स्योरेन्सले बिक्री गरेको ८० प्रतिशत हकप्रद सेयर बापतको १२ लाख कित्ता सेयर पनि विहिबारनै नेप्सेमा सुचिकृत भएको छ ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
...................................................................................................................................................................