बुटवल पावरले ४० लाख ८१ हजार कित्ता एफपिओ गर्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक

Nov 25, 2016 merolagani

- लक्ष्मी क्यापिटल सहायक बिक्री प्रबन्धक
बुटवल पावर कम्पनी (BPCL) ले थप नयाँ सेयर निष्कासन गर्नका लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक तथा लक्ष्मी क्यािपटललाई सहायक बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले ४० लाख ८१ हजार कित्ता फरदर पब्लिक अफरिङ (एफपिओ) गर्ने भएको छ ।कम्पनीको गत आसार २७ गते सम्पन्न साधारणसभाले एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ४ हजार ५० कित्ता स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।

आधिखोला जलविद्युत केन्द र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई यो सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । जसको प्रिमियम मूल्य निर्धारण गर्न बाँकी छ ।


एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण गर्दे गरेका आयोजनामा लगानी गरिने पनि कम्पनीले जनाएको छ । कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना,३७.६ मेगावाटको काबेली ए जलविद्युत आयोजनको निमार्ण अनुमति पाएको छ । १०० मेगावाटको मनाङमर्स्याङ्दी उत्पादन अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पुरा गरेको छ ।

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । जून अघिल्लो बर्षको यसै अवधिको तुलनामा झण्डै ६० प्रतिशत कम हो । १ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा २ अर्ब १३ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बुटवल पावरको प्रतिसेयर आम्दानी १ दशमलव २८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात ६ सय २७ दशमलव ८९ गुणा र प्रतिशेयर नेटवर्थ २ सय २६ दशमलव १५ रुपैयाँ रहेको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।