कञ्चन डेभलपमेण्ट बैंकका लगानीकर्ताले धान्न सक्लान हकप्रद माथि हकप्रदको भारी ?

Nov 29, 2016 Merolagani

बोनस र हकप्रदको एकै दिन हुँदैछ बुक क्लोज
कञ्चन डेभलपमेण्ट बैंक (KADBL) ले आफैं चुक्ता पूँजी  ५० करोड पुर्याएर तीन जिल्लै बिकास बैंकमा कायम रहनका लागि लगानीकर्तालाई हकप्रदमाथि हकप्रदको भारी बोकाउने भएको छ ।  कन्चनले धितोपत्र बोर्डबाट स्वीकृति पाएको ५० प्रतिशत हकप्रद सर्बसाधारणमा जारी नगर्दै फेरि ३० प्रतिशत हकप्रदको प्रस्ताव ल्याएर साधारणसभा बोलाएको छ । 

पछिल्लो समय अधिक मात्रामा हकप्रद निष्काशनको प्रकृया चल्दा लगानीको चर्को भार व्यहोर्दै आएका लगानीकर्ताले कञ्चन डेभलपमेण्ट बैंकमा ५० प्रतिशत हकप्रद पछि फेरि ३० प्रतिशत हकप्रद भर्नु पर्ने भएको छ । हकप्रद किनेर लगानी थप्न नसकी कतिपय बैंकका संस्थापकहरु थला परेको बेला कन्चनले हकप्रदमाथि हकप्रदको प्रस्ताव गर्दा त्यो भार सो बैंकका लगानीकर्ताले थेग्न सक्लान कि नसक्लान भन्ने प्रश्न उब्जिएको छ । 

बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस तथा ५० प्रतिशत हकप्रदका लागि एकै दिन शेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस तथा एक दशमलव ३२ प्रतिशत नगद लाभांसको प्रस्ताव सहित पुस ९ गते साधारणसभा बोलाएको छ । 

 

 

केही दिन अघि धितोपत्र बोर्डबाट उक्त पूँजीको ५० प्रतिशत हकप्रद निष्काशको स्वीकृति पाएको बैंकले साधारण सभा तथा हकप्रद प्रयोजनका लागि मंसिर ३० देखि पुस ९ गतेसम्म शेयरधनी पुस्तिका बन्द गर्दैछ । बैंकले प्रकाशन गरेको साधारण सभाको सूचनामा हकप्रदको बुक क्लोज राख्न छुटेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जोशीले फेरि अर्को सूचना निकाल्ने बताए ।

अहिले चुक्ता पूँजी १९ करोड ८० लाख रुपैंया रहेको बैंकले बोनस बिरण तथा हकप्रद निष्काशन पश्चात बन्ने चुक्ता पूँजी ३४ करोड ६५ लाखको फेरी ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ । अहिले प्रतिशेयर आम्दानी १६ रुपैंया ४४ पैसा रहेको बैंकको बोनस बितरण र ५० प्रतिशत हकप्रद निष्काशन पश्चात पूँजीको आधारमा कमाई कस्तो अवस्थामा रहला भन्ने चासो बढ्दा अर्को ३० प्रतिशत हकप्रद पछि बन्ने ४५ करोड पूँजी पछि आम्दानीको अवस्था सन्तुलन गर्न समस्या पर्ने देखिन्छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।