नेपाल एसबीआई बैंकले तोक्यो हकप्रदको अनुपात

Nov 29, 2016 merolagani

नेपाल एसबिआई बैंक (SBI) ले दश बराबर चार अर्थात चालीस प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको छ । बैंकले यसअघि प्रस्ताव गरेको बोनस तथा एफपिओको बिक्रीपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो । बैंकको गत माघ २४ गते सम्पन्न साधारणसभाले संचालक समितिलाई २ अर्ब ६० करोड बराबरको हकप्रद निष्कासन गर्ने अख्तियारी दिएको भएपनि संचालक समितिले भने एक अर्ब ९९ करोड १९ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री गर्ने निर्णय गरेको छ ।

३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ ।

साथै बैंकले संस्थापक सेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०:३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्देछ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८८४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ९८४ रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा लगेको छ । एफपिओ बिक्री गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी ६ करोड प्रिमियम रकम जगेडाकोषमा रहनेछ ।

बैंकले प्रस्ताव गरेको बोनस एफपिओ र हकप्रद जारी गरेपश्चात बैंकको चुक्तापूँजी ६ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ ।चालु आर्थिक बर्षको मुनाफाबाट वितरण गरिने बोनसबाट ०७४ आषाढसम्म ८ अर्ब पूँजी पुग्ने बैंकका कम्पनी सचिव रमेश घिमिरेले मेरो लगानीलाई जानकारी दिए ।

चालु आर्थिक बर्षको पहिलो तीन महिना असोज मसान्तसम्मा बैंकले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी ३६ दशमलव ४८ रुपैयाँ, नेटवर्थ १ सय ८८ रुपैयाँ ७९ रुपैयाँ रहेको छ । एसबिआइ भारतीय संयुक्त लगानीको नेपाली बैंक हो । बैंकले ७३ शाखा ,८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।