प्राधिकरण राजविराजका अनुसार विद्युत् चोरी गर्नेको साथबाट विद्युत्का विभिन्न उपकरण सामग्री समेत बरामद गरिएको छ । विद्युत् चुहावट नियन्त्रणका लागि जिल्लामा अभियान आज पनि जारी नै छ ।
प्राधिकरणले साउनदेखि मङ्सिरको दोस्रो सातासम्म करिब पाँच हजार घरधुरीमा लगाइएको विद्युत् हटाएको प्रमुख साहले जानकारी दिए । जिल्लामा हालसम्म ५३ हजार भन्दा बढी घरमा विद्युत् मिटर जडान गरिएको प्राधिकरणले जनाएको छ । रासस
दुई सय बाउन्न ग्राहक कारबाहीमा
सुरुङ्गा (झापा) । समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।
गत भदौदेखि मङ्सिर १० गतेसम्ममा उक्त राजस्व सङ्कलन गरेको प्राधिकरणका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिउ । तीन सय ५४ ग्राहकलाई कारबाहीको सूचीमा राखेको र उनीहरुबाट रु एक करोड १५ लाख ६० हजार बक्यौता उठाउने लक्ष्य राखिएको छ ।
“रु पच्चिस हजारभन्दा बढी कसैको पनि बक्यौता छैन,” सिंहले भने । दुई महिनासम्म बक्यौता नतिर्ने ग्राहकको जुनसुकै बेला लाइन काटिन सक्ने उनले बताए ।
यस्तै प्राधिकरणले विजुली चोर्नेबाट रु पाँच लाख बराबरको सामान जफत गरेको छ । प्राधिकरणको टोलीले आज शरणामती, कनकाई नगरपालिका र मदरगाछबाट उक्त सामान बरामद गरेको बताइएको छ । रासस
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................