नेप्से १३१ अंक तथा कारोबार १५ प्रतिशतले बढ्यो,एभरेष्ट र बिओकेएलमा उच्च आर्कषण

Dec 02, 2016 merolagani

यो साता सेयरबजार परिसूचक नेप्से १३१ अंकले उकालो लागेको छ भने कारोबार रकम समेत १५ प्रतिशतले बढेको छ । साताभरको कारोबारमा एभरेष्ट बैंक र बैंक अफ काठमाण्डौं लुम्विनीको सेयरमा लगानीकर्ताको आर्कषण देखिएको छ । यसै साता नेप्सेमा थप ५ लाख कित्ता सेयर थपिएको छ ।



यस साता नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भयो । जस अनुसार ३७ हजार ४ सय ३६ कारोबारबाट पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार रुपैयाँ बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १५.०२ प्रतिशत बढी हो ।

गत साता १५२ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३१ हजार ३ सय ३६ कारोबारबाट पाँच अर्ब सात करोड सात लाख ६६ हजार रुपैयाँ बराबरका ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १३१.०१ अंकले बढेर अन्तिम दिन १६००.४९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २९.५९ अंकले बढेर ३४६.४४ अंकमा आईपुगेको छ ।

 

यस साता कारोबार रकम (७२ करोड १० लाख ६० हजार रुपैयाँ) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ३७ हजार कित्ता) को आधारमा बैंक अफ काठमाण्डौं लुम्विनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार संख्या (२१२२ वटा) को आधारमा पनि बैंक अफ काठमाण्डौं लुम्विनी लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबारको आधारमा यी दुई बैंकमा लगानीकर्ताको उच्च आर्कषण देखिएको छ । त्यस्तै शिखर इन्स्योरेन्स, सिद्धार्थ बैंक र नेशनललाइफ इन्स्योरेन्समा पनि लगानीकर्ताको छनौटमा परेका छन् ।

 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यस साता नेप्सेमा कसमस डेभलपमेन्ट बैंकको ५ लाख ३ हजार १२५ किक्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

 ...............................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।