एनबी इन्स्योरेन्सले पारित गर्यो शतप्रतिशत हकप्रद, बीमा व्यवशायलाई आक्रामक बनाउने

Dec 02, 2016 Merolagani

एनबी इन्स्योरेन्स (NBIL) ले पूँजी वृद्धिका लागि १ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न १८ औं तथा १९ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । साथै कम्पनीले गत आर्थिक वर्षमा चार आर्थिक वर्षको साधारण सभा पछि यस पटक दुई आर्थिक वर्षको साधारण सभा गरी आफुलाई स्वस्थ संस्थाका रुपमा अघि बढाएको छ ।

यस अघि ८० प्रतिशत हकप्रद निष्काशन गरेको इन्स्योरेन्सले फेरी शतप्रतिशत हकप्रद निष्काशनको निर्णय गरेको थियो । एनबी समुहले धरासायी बनाएको ईन्स्योरेन्सलाई आइएमई समूहले किनेर स्वस्थ संस्थाको रुपमा स्थापित गर्ने क्रममा पूँजी वृद्धिलाई पनि प्राथमिकतामा राखेको इन्स्योरेन्सले १५ करोडको पूँजी २७ करोड रुपैंया बनाइसकेको छ । व्यवशाय बिस्तार तथा समग्र बीमा बजारको विकासमा सक्रिय हुने लक्ष्य सहित अघि बढेको कम्पनीले शतप्रतिशत हकप्रद जारी गरे पछि चुक्ता पूँजी ५४ करोड रुपैंया पुर्याउनेछ ।

बीमा व्यवशायको बजार शतप्रतिशत उदयीमान भएको भन्दै कम्पनीले आक्रामक रुपमा शहरी तथा दुर्गम क्षेत्रमा बीमा सेवा दिने लक्ष्यले शाखा बिस्तारलाई तिब्र बनाएको छ । यस क्रममा केही समय अघि एकै दिन तीन शाखा बिस्तार गरेको कम्पनीको कुल शाखा संख्या १७ पुर्याएको छ । सम्पर्क कार्यलय तथा सेवा काउण्टर सहित ३० स्थानबाट सेवा दिंदै आएको कम्पनीले ८० प्रतिशत हकप्रदका लागि आवेदन नपरेको शेयर लिलाम गरेर मात्र झण्डै ५ करोड रुपैंया प्रिमियम संकलन गरेको थियो । नेपाली बीमा बजारमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले अल्पकालिन र दिर्घकालिन रणनीति बनाउंदै कम्पनीलाई आगामी पांच बर्ष भित्र एक उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्दै शेयरधनीहरुलाई उचित मुनाफा दिने लक्ष्य लिएको कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड २२ लाख रुपैंयाको बीमा शुल्क आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ५ करोड ५८ लाख रुपैंयाको मात्र बीमाशुल्क आर्जन गरेको थियो । समिक्ष अवधिमा इन्स्योरेन्सको व्यापार १ सय ९० प्रतिशतले बढेको हो । मंसिर २४ गतेसम्ममा २४ करोड रुपैंया बीमा शुल्क आर्जन गरी विभिन्न बैंक तथा वित्तीय संस्थामा ३२ करोड रुपैंया मुद्धती लगानी गरेको कम्पनीले जनाएको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।