४० प्रतिशत बोनस पारित गर्न छिमेक लघुवित्तले पुष १३ गतेलाई बोलायो साधारणसभा

Dec 04, 2016 merolagani

छिमेक लघुवित्त विकास बैंक लिमिटेड (CBBL) ले प्रस्ताव गरेको ५२ प्रतिशत लाभांश पारित गर्न आगामी पुष १३ गते साधारणसभा बोलाएको छ । कम्पनीले ४० प्रतिशत बोनस सेयर तथा १२ दशमलब ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।



कम्पनीले प्रस्ताव गरेको लाभांस पुष १३ गतेको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । कम्पनीले ७ करोड ५६ लाख ५९ हजार ९ सय ४५ रुपैंयाँ नगद लाभांस वितरण गर्ने भएको छ ।

५९ करोड ५७ लाख चुक्ता पुँजी रहेको छिमेक लघुवित्त विकास बैंकले गत आर्थिक बर्षमा ४७ करोड २६ लाख नाफा कमाएको थियो । बोनसपछि कम्पनीको पूँजी करिब ८४ करोड रुपैयाँ पुग्नेछ ।

साथै कम्पनीले साधारणसभा मार्फत पूँजी संरचना परिर्वतन गरी संस्थापक समूहको ५१ तथा साधारणको ४९ प्रतिशत कायम गर्ने भएको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।