एमएफक्युक्युको उपाधि स्कुल अफ म्यानेजमेन्टले जित्यो,एपेक्स कलेज द्धितिय

Dec 04, 2016 merolagani

मेक्स फाइनान्सियल क्युजक्वेस्ट (एमएफक्युक्यु) प्रतियोगिताको उपाधि स्कुल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वबिद्यालयले जितेको छ । विजेताले नगद ५० हजार सहित अन्य उपहारहरु प्राप्त गरेका छन् । यस्तै एपेक्स कलेजले द्धितिय अपाधि हासिल गर्दै नगद २५ हजार सहित अन्य उपहार जितेको छ ।

वित्तिय साक्षरता अभियानको रुपमा मेक्स नेपालले पहिलो पटक राष्ट्रिय तथा अन्तर्राट्रिय वित्तिय क्षेत्रसंग सम्वन्धित प्रश्नहरुमा आधारित रहेर हाजिर जवाफ प्रतियोगिता आयोजना गरेको हो ।

स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थिहरु बिचको अन्तर कलेज हाजिरि जवाफ प्रतियोगितामा विभिन्न व्यवस्थापन कलेज तथा विश्वविद्यालयका २० वटा समुहहरुको सहभागित रहेको थियो ।


मेक्स नेपालले यस प्रतियोगिताको पहिलो संस्करण २०७२ साल आश्विन २ गते आयोजना गरेको थियो । यो प्रतियोगिता मेक्स नेपालले वार्षिक रुपमा आयोजना गर्ने जनाएको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।