सम्झौता अनुसार विश्वविद्यालयका करिव ४ हजार ५ सय अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंक मार्फत निवृत्तिभरण (पेन्सन) भुक्तानी गरिनेछ । साथै भविष्यमा करिव १५ हजार प्राध्यापक तथा कर्मचारीहरु समेत यो सम्झौताबाट लाभान्वित हुने बताइएको छ ।
बैंकले नेपाल सरकारका सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरु(निजामति,प्रहरी,नेपाली सेना र शिक्षक), नेपाल राष्ट्र बैंक, नेपाल कृषि अनुसन्धान परिषद् र नेपाल टेलिकमका सेवा निवृत्त कर्मचारीहरुको पेन्सन वितरणको कार्य समेत गर्दै आइरहेको छ ।
बैंकले वार्षिक करिव २० अर्व रुपैंया भन्दा बढि पेन्सन तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्दछ ।
राष्ट्रिय वाणिज्य बैंकले हाल सम्म नेपालको ६७ जिल्लामा १७१ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा ग्राहकहरुलाई उपलब्ध गराउंदै आइरहेको छ । बैंकका हालसम्म ८६ वटा एटिएम संचालनमा छन् ।
राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत सेयर जनतालाई बेच्न सरकारसँग माग्यो अनुमति
राष्ट्रिय बाणिज्य बैंकको खुद नाफा के कारणले घट्यो ?
................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।