आईतबारको सेयर बजारमा सूचक र कारोबार रकम दुबै ओर्लनुको मुख्य कारण राजनीतिक अस्थिरताले लगानीकर्ताको मनोबल खस्काउनमा पारेको प्रभाव नै हो । यसमा अघिल्लो साता सस्तोमा सेयर उठाएर बजार बढ्दा नाफा सुरक्षित गर्न आउनेहरु पनि केही मात्रामा जिम्मेवार रहेका देखिन्छ । गत बिहीबार नाफा सुरक्षित गर्नेहरुका कारणले माग र आपुर्तिको सन्तुलन मिल्न नसकी बजार घटेको थियो ।
आईतबार केही साना कम्पनीहरुको सेयर मूल्य उल्लेखनीय रुपमा बढेको छ तर बिमा र लघुवित्तहरुको सेयर मूल्यमा धेरै गिरावट आएको छ । अहिले सेयर किन्दा गत बर्षको खुद नाफाबाट लाभांश पाउने अबस्था रहेका कम्पनीहरुको धेरै कित्ता सेयर कारोबार हुनु चाँही निकै अर्थपूर्ण छ । लगानीकर्ताहरुले बजारको जोखिम आँकलन गरी लाभांशले धान्ने कम्पनीहरुमा बढी लगानी गरेको बुझ्नसकिन्छ ।
दिनभरको उतार चढावकाबीच नेप्से २९.५४ अंकले झरेर १५७०.९५ अंकमा अडिएको छ भने ७५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्र बजार पूँजीकरण १७ खर्ब ४७ अर्बमा झरेको छ ।
नेपालको सेयर बजारमा राम्रा कम्पनी छानेर दीर्घकालीन लगानी गर्नु सुरक्षित रहेकाले यस्ता सामान्य उतार चढावलाई लगानीकर्ताले सामान्य रुपमा लिनुपर्नेमा जोड दिईन्छ ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।