तपाई बैँकमा पैसा राखेर ढुक्क हुनुहुन्छ ?

Dec 04, 2016 RSS

तपाई बैँकमा पैसा राखेर ढुक्क हुनुहुन्छ ? होस् गर्नुहोस् तपाईको पैसा कुनैपनि बेला चोरी हुनसक्छ ।
पछिल्लो समय युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण बोकेर नेपाल आउने र विभिन्न बैँकका एटिएमभित्र पसेर मोटो रकम निकाल्ने गरेका छन् ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एटिएम कार्ड प्रयोग गरी रकम निकाल्ने अधिकांश विदेशी आपराधिक पृष्ठभूमिका व्यक्ति भएको जनाएको छ । यो क्रम नेपालमा विस २०७१ मङ्सिरदेखि सुरु भएको हो ।

अत्याधुनिक उपकरण लिई पर्यटकीय भिसामा नेपाल आउने त्यस्ता व्यक्तिले जमल, असन, ठमेल, दरबारमार्गलगायतका क्षेत्रका विभिन्न बैँकका एटिएममा पसेर मोटो रकम निकाल्ने गरेको ब्यूरोले जनाएको छ ।

ब्यूरोले हालसम्म विभिन्न बैँकको एटिएमभित्र छिरेर मोटो रकम निकालेको आरोपमा तीन टर्केली, दुई बुल्गेरियाली र चार रोमानियालीसहित नौ युरोपेली नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोले पछिल्लो दुई महिनामा ६ जनालाई पक्राउ गरेकामा सबै आपराधिक पृष्ठभूमिका रहेको प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।

कात्तिक ११ गते ठमेलबाट पक्राउ परेका बुल्गेरियाली नागरिक डिमो एटानोशोभ स्टेफानो बुल्गेरियामा नै चोरी गरेको आरोपमा मुद्दा खेपिरहेका थिए । यस्तै कात्तिक १९ मा होटल नेपाल तारा ठमेलबाट पक्राउ परेका गीता हुजुम सन् २००७ मा लागु पदार्थ ओसारपसारमा दुई वर्ष ९ महिना जेल सजाय भोगेका व्यक्ति हुन् ।

सोही दिन पक्राउ परेका इसोफ मोरारु सन् २०१२ मा इटालीमा मानहानी मुद्दा खेपेका व्यक्ति हुन् भने एलेक्स क्रिष्टियान बुगुल्लान सन् १९९० मा रोमानियाँमा चोरीको आरोपमा तीन वर्ष ६ महिना जेल सजाय भोगेका व्यक्ति हुन् ।

यसैगरी कात्तिक २५ मा यलो प्यागोडा होटल जमलबाट पक्राउ परेका टर्केली नागरिक मुहारिम उजुम टर्कीमा प्रतिलिपि अधिकार उलङ्घनमा कारबाही परेका व्यक्ति हुन् भने सिलाटिन यावर अवैध हातहतियार, यौनजन्य हिंसा र सरकारी कागजत किर्तेमा जेल सजाय भोगेका व्यक्ति हुन् ।

ब्यूरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल बैँकिङ कसुरसम्बन्धी कानुन नेपालमा कमजोर भएकाले यस्तो घटना मौलाउँदै गएको बताउनुहुन्छ । उनले भने, “अरु मुलुकमा पाँचदेखि सात मिनेटभन्दा बढी एटिएम कार्डभित्र अल्मलिए बैँकले निगरानी गर्छ तर नेपालमा निगरानी नहँुदा यस्ता घटना बढ्दै गएका हुन् ।”

उनले नेपालको एटिएम संरचना कमजोर र बैँकले बेवास्ता गरेका कारण रकम चोरी हुने गरेको बताए । त्यस्ता व्यक्तिबाट नेपाली, यूरो, अमेरिकन, फिलिपिनोलगायत रु एक करोड भन्दा बढी रकम बरामद गरिएको ब्यूरोले जनाएको छ ।

ती व्यक्तिबाट विभिन्न कम्पनीको ल्यापटप, मोबाइल फोन, पेनड्राइभ समेत फेला पारेको छ । नेपाली बैँकका खातावालाको रकम नेपाल र भारतका एटिएम बुथबाट मात्र निकाल्न सकिने हुनाले नेपाली बैँकका खातावालको डाटा चोरी गरी नेपालबाटै रकम निकाल्न सकिने हुँदा उक्त समूह नेपालमा सक्रिय रहेको ब्यूरोले जनाएको छ । पक्राउ गरिएका अभियुक्तलाई बैँकिङ कसुर ऐन २०६४ बमोजिम कारबाही गरिएको छ । रासस

तस्विर: इन्टरनेट

 

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।