सेयर बजारमै लगानी गर्ने मुख्य उदेश्य सहित एनआइबिएल क्यापिटलले ६० करोड रुपैयाँ बराबरको दोस्रो योजना एनआइबिएल प्रगति फन्ड सार्वजनिक गरेको हो ।
कम्पनीले दश रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६ करोड इकाइ निष्कासन गरेको हो । लगानीकर्ताले न्युनतम सय इकाई र अधिकतम ६० लाख इकाईसम्म आवेदन गर्न पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले निष्कासन गरेको ६ करोड इकाइमध्ये दश लाख इकाई बीज पूँजी वापत योजना व्यवस्थापक एनआइबिएल क्यापिटल र कोष प्रवद्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई ८० लाख इकाइ छुट्याइएको छ । सर्वसाधारणले ५ करोड १० लाख इकाइका लागि आवेदन दिन पाउनेछन् ।
एनआइबिएल प्रगति फन्डको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट्स हो ।
.................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
................................................................................................................................