मेगा बैंकले ल्यायो १३.२५ प्रतिशत बोनसपछि ६५ प्रतिशत हकप्रदको प्रस्ताव

Dec 05, 2016 merolagani

मेगा बैंक (MEGA) ले गतबर्षको कमाईबाट आफ्ना सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । आइतबार बसेको बैंक संचालक समितिको बैठकले बोनस वितरण पश्चात ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव समेत गरेको छ ।



बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाइ वितरण गरिनेछ ।

बैंकको चुक्ता पूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ । केही समय अगाडि मात्र बैंकले २५ प्रतिशत हकप्रद बिक्री गरेको थियो । २५ प्रतिशत हकप्रदपछि बैंकको पूँजी चार अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यसमा १३.२५ प्रतिशत बोनस र फेरि ६५ प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ५७ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकले असोज मसान्तसम्ममा ३६ अर्ब ७७ करोड निक्षेप उठाएर ३१ अर्ब ८१ करोड कर्जा लगानी गरेको छ। 

.................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।