सेयर दलाल एउटाको कारोबार खुल्दा अर्को बन्द

Dec 05, 2016 Merolagani

सेयर दलालहरु नियमनकारी निकायको कारबाहीमा पर्ने क्रम पछिल्ला दिनमा बढेर गएको छ । आबश्यक काजगाज धितोपत्र बोर्डमा पेश नगरेकाले केही दिन अघि निलम्बनमा परेको सेयर ब्रोकर नम्बर ४ ओपल सेक्युरिटिजको कारबाही फुकुवा भएकै दिन अर्को दलाल कम्पनी कारबाहीमा परेको छ ।

नेप्सेमा जारी सूचना अनुसार ब्रोकर नम्बर ५३ ईन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्राईभेट लिमिटेडको कारोबार धितोपत्र बोर्डको निर्देशन अनुसार निलम्बन गरिएको छ । के कारणले उसको कारबाही रोकिएको हो भन्ने ब्यहोरा भने खुलाईएको छैन ।

ओपलसँग कारोबार निलम्बनमा परेको ब्रोकर नम्बर ३ अरुण सेक्युरिटिजको कारोबार आईतबार नै खुलेको थियो । ओपलले भने आबश्यक कागजात बुझाउन ढिला गरेकाले सोमबार मात्र कारोबार खुलेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।