मेगाबाट मुक्तिनाथ गए प्रदयुमन, अढाई दशक लामो वाणिज्य बैंकको अनुभव मुक्तिनाथमा सदुपयोग गर्ने

Dec 05, 2016 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) को नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रदयुमन पोखरेल नियुक्त भएका छन् । वाणिज्य बैंकमा अढाई दशक लामो अनुभव बटुलेका पोखरेलले नबिल बैंकमा मात्र १९ वर्ष समय बिताएका थिए । पछिल्लो पटक मेगा बैंकमा सहायक महाप्रवन्धक पदमा कार्यरत पोखरेल मुक्तिनाथ विकास बैंकमा आवद्ध भएका हुन् । आइतबारदेखि नै पोखरेलले मुक्तिनाथमा आफ्नो पदको जिम्मेवारी सम्हालेका छन् ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट सेवा सुरु गरे यतको अढाई दशकको अनुभवले मुक्तिनाथलाई थप सफल संस्थाको रुपमा अघि बढाउन पहल गर्ने बताए ।

२०६३ पुस १९ गते स्याङ्जाबाट कारोबार थालेको मुक्तिनाथले कार्यक्षेत्र विस्तार गर्ने क्रममा २०६५ जेठमा मुख्य कार्यालय पोखरा स्थानान्तरण गरेको थियो । बैंकले पुस महिना भित्रमा काठमाण्डौंको कमलादीस्थित काठमाण्डौं प्लाजामा आफ्नो कर्पोरेट कार्यालय स्थानान्तरण गर्दैछ । ५० भन्दा बढी शाखाबाट वित्तीय सेवा दिंदै आएको बैंकले थप आठ शाखा कार्यालय थप्ने लक्ष्य लिएको छ ।

५० प्रतिशत हकप्रद सेयर बेचेपछि मुक्तिनाथको चुक्ता पूँजी एक अर्ब ५४ करोड पुग्नेमा ४० प्रतिशत हकप्रद जारी गरिएपछि दुई अर्ब १६ करोड हाराहारीमा पुग्नेछ । त्यसपछि बाँकी ३४ करोड रुपैयाँ बैंकले चालु आर्थिक बर्षको कमाईबाट बोनस सेयर दिएर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी दुई अर्ब ५० करोड सजिलै पुर्याउँनसक्छ ।

कम्पनीका संस्थापकहरु आर्थिक रुपमा सबल भएकाले एकपछि अर्को हकप्रद किनेर र खुद नाफाबाट सकेसम्मको बोनस सेयर दिएर चुक्ता पूँजी बढाई उदाहरणीय बिकास बैंकको रुपमा मुक्तिनाथ अगाडि आएको छ । मुक्तिनाथले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा झण्डै १० करोड रुपैयाँ कमाएको छ । बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा ४५ प्रतिशतले खुद नाफा बृद्धि गरी ९ करोड ९७ लाख कमाएको हो ।

बैंकले प्रति सेयर आम्दानी बार्षिकीकरणको हिसाबले ३८ रुपैयाँ ३३ पैसा कमाएको देखाएको छ । निक्षेप संकलन र कर्जा परिचालनलाई तीब्र रुपमा बिस्तार गरेको बैंकले ब्याज आम्दानी झण्डै सात करोडले बढाएको छ भने संचालन मुनाफा पाँच करोडले बढेको छ । मुक्तिनाथको गत बर्षको खुद नाफा कमाईको प्रृबत्ति हेर्दा यस बर्ष ५० करोड भन्दा बढी नै कमाउनसक्ने संकेत देखिन्छ ।

गत बर्षको पहिलो त्रैमासमा ६ करोड ८५ लाख खुद नाफा कमाएको मुक्तिनाथले चोथो त्रैमासमा ३५ करोड ८८ लाख खुद नाफा पुर्याएको थियो । मुक्तिनाथको अर्को बिशेषता भनेको बर्षेनी बोनस सेयर बितरणको प्रतिशत बढाउँदै जानु पनि हो । गत बर्ष उसले ३१ प्रतिशत बोनस सेयर बाँडेको थियो ।

मुक्तिनाथले क्रमबद्ध प्रगति गर्नसक्नुको रहस्य राष्ट्रियस्तरको बिकास बैंकको रुपमा कारोबार बिस्तार गर्नु, संस्थागत सुशासन राम्रो हुनु साथै लघुबित्तको कामलाई पनि उत्तिकै महत्व दिनु हो । उसले निस्क्रिय कर्जाको अनुपातलाई गत बर्षको पहिलो त्रैमासको तुलनामा घटाएर ०।१८ प्रतिशत कायम गरे पनि अघिल्लोे त्रैमासको भन्दा बढेको छ । कर्जा जोखिम वापतको रकम पनि बढाईएको छ । अन्य आधारभुत सूचकहरु हेर्दा मुक्तिनाथको बोनस बाड्नु अघिको जगेडा कोष ६० करोड, मूल्य आम्दानी अनुपात ३२।७४ गुणा, प्रति सेयर नेटवर्थ १५७, पूँजी कोष अनुपात १२।७७, कोषको लागत ४।९६ रहेका छन् भने सबै कर्जामा विपन्न बर्ग कर्जाको अनुपात २६।३५ प्रतिशत रहेको देखाईएको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।