यसकारण भयो कारोबार रकममा सिद्धार्थ र मेगा बैंकको पल्लाभारी

Dec 05, 2016 Merolagani

सोमबार समग्र सेयर बजारमा २६ अंकको गिरावट आए पनि कारोबार रकममा मध्यमस्तरको बाणिज्य बैंक सिद्धार्थ र मेगा बैंकको पल्लाभारी हुनु भने उल्लेखनीय रह्यो । ती दुबै बैंकले प्रस्ताव गरेको आकर्षक लाभांशले लगानीकर्ताको ध्यान तान्दा कारोबार रकममा पहिलो सिद्धार्थ र दोस्रो नम्बरमा मेगा बैंक देखिएको हो । तर घट्दो बजारका कारण नेप्से र समग्र कारोबार रकम भने निराशाजनक नै देखियो । 

३९ प्रतिशत बोनस प्रस्ताव गरेको सिद्धार्थ बैंकमा लगानीकर्ताको आर्कषण देखिएको छ । तर कम्पनीको सेयरमूल्य भने सामान्य बढेको छ । सिद्धार्थको एक लाख कित्ता बढि सेयर एघार करोड रुपैयाँ बराबरमा कारोबार भयो । 

१३.२५ प्रतिशत बोनसपछि ६५ प्रतिशत हकप्रद प्रस्ताव गरेको मेगा बैंकको भने सेयरमूल्य झरेको छ । यो बैंकको पनि एक लाख बढी कित्ता कारोबार भएको छ । मेगाको पाँच करोड बढीको कारोबार भयो । त्यस्तै एभरेष्ट बैंकको पनि चार करोड बढीको कारोबार भयो । 

सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस सेयर प्रस्ताव

मेगा बैंकले ल्यायो १३.२५ प्रतिशत बोनसपछि ६५ प्रतिशत हकप्रदको प्रस्ताव

आइतबार करिब ३० अंकले घटेको सेयरबजार सोमबार २६ अंक बढीले ओरालो लागेको छ । सोमबार नेप्से २६.३५ अंकले झरेर १५४४.६० अंकमा अडिएको छ भने ६४ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा एघार करोड रुपैयाँले झरेको छ । सोमबार मात्रै लगानीकर्ताको सम्पत्ती २९ अर्ब रुपैयाँले घटेको छ । २६ अंकले बजार खस्कदा समग्र बजार पूँजीकरण १७ खर्ब ४७ अर्बबाट घटेर १७ खर्ब १८ अर्बमा झरेको छ । 

नयाँ संबिधान संशोधन र प्रदेश बिभाजनको बिषयलाई लिएर राजनीतिक अन्योल बढेपछि त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । घट्दो बजारमा १४० कम्पनीको कारोबार भएकोमा १९ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ ।  संबिधान संशोधन प्रस्तावलाई लिएर विभिन्न स्थानमा आन्दोलन चर्किदै जाँदा सेयर बजारका लगानीकर्ताको मनोबल पनि खस्किन पुगेको छ । सोमबार पनि सेयर बजारमा सूचक र कारोबार रकम दुबैवा उच्च गिरावट आएको छ । कारोबारमा आएका उत्पादन समूह बाहेक सबै समूह राताम्मे भएपछि बजार ओरालो लागेको हो ।

 

बजार ओरालो लागेपनि सोमबारको कारोबारमा तीन कम्पनीहरुको सेयर मूल्य भने दश प्रतिशतकै हाराहारीमा बढेको छ । अरुण फाइनान्स, नमस्ते वित्तीय संस्था, मिर्मिरे माइक्रो फाइनान्सका लगानीकर्ताले दश प्रतिशतको हाराहारीमा कमाएका छन् । गुह्श्वरी मर्चेन्ट र एनबी इन्स्योरेन्सको पनि सात प्रतिशत भन्दा धेरैले सेयरमूल्य बढेको छ । यसदिन कुल १४० कम्पनीको कारोबार भएकोमा १९ कम्पनीको मात्र सेयरमूल्य बढेको छ ।

यसदिन पाँच कम्पनीका लगानीकर्ताले दश प्रतिशतका दरले गुमाएका छन् । नागवेलि लघुवित्त,कर्णाली डेभलपेमन्ट, ग्रिन डेभलपमेन्ट, नेपाल कम्युनिटि र सिन्धु विकास बैंकको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा घटेको हो । ग्रामिण विकास बैंक, नेरुध लघुवित्त, रिलायबल माइक्रो, वेस्र्टन डेभलपमेन्ट तथा पोखरा फाइनान्स धेरै गुमाउनेमा परेका छन् ।

.................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

................................................................................................................................

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।