आफ्नो इन्टरनेट बैकिङ्ग च्यानलबाट यास्तो सेवा प्रदान गर्नेमा एनआईसी एशिया बैंक नेपालकै पहिलो बैंक बनेको छ । आफ्नो इन्टरनेट बैंकिंग प्रणाली आइटच मार्फत एनआईसी एशिया बैंकमा रहेको खाताबाट क्लियरिङ्ग हाउस लिमिटेडको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध कुनै पनि बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा पैसा पठाउन सक्छन् ।
एनआईसी एशिया बैंकले सुरु गरेको यो प्रणालीबाट सेवाग्राहीलाई बैंक धाउनु पर्ने झण्झटको अन्त्य हुने विश्वास क्लियरिंग हायस तथा एनआईसी एशिया बैंकले लिएको छ । एनआईसी एशिया बैंकका सेवाग्राहीले जुनसुकै स्थानबाट कुनै पनि बैंकमा सिधै आफुले चाहेको रकम जम्मा गर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय मुलुकको जस्तै बैंकिंग प्रणालीको विकासको पहिलो खुड्किलो भएको बताइएको छ ।
विद्युतीय माध्यमबाट हुने उक्त प्रकृयाले ग्राहकहरुको समयको वचत गर्नुको साथै यससँग सम्बन्धित अन्य खर्च समेत कम हुने हुदाँ यसको प्रयोगले सेवाग्राहीलाई फाइदा पुग्ने छ । एनआईसीबाट सुरु भएको यो प्रणालीलाई विस्तार गर्दै लैजाने र आगामी दिनमा अन्य बैंक वित्तीय संस्थाहरु मार्फत पनि यस्तो सेवा प्रदान गर्न आवश्यक कार्य भइरहेको क्लियरिंग हाउसले जनाएको छ ।
यति डेभलपमेण्ट बैंक (YETI) क्लियरिंग हायसको सदस्य बन्यो
उता यति डेभलपमेण्ट बैंक पनि नेपाल क्लियरिंग हाउसको सदस्य बनेको छ । आफ्नो सदस्य बने पछि हाउसले बैंकलाई अरु सदस्य बैंकसँग जोड्नका लागि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीको प्रयोगमा सहकार्य गराउने छ । सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र यती डेभलपमेण्ट बैंक लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सागर शर्माले हस्ताक्षर गरेका हुन् ।
नेपाल क्लियरिङ्ग हाउसले २०७३ साल भदौ १ देखि संचालनमा ल्याएको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा हालसम्म ७१ सदस्य संस्थाहरु मार्फत दैनिक औसतमा १ अर्व रुपैंया बरावरको कारोबार हुदै आएको विज्ञप्तीमा उल्लेख छ ।
..............................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
..............................................................................................................................