लक्ष्मी लघुवित्तले गत असोज १४ देखि कात्तिक २३ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले उक्त अवधिमा हकप्रदमा बिक्री नभएको सेयर लिलाम बढाबढका आधारमा बेच्न लागेको हो ।
इच्छुक लगानकर्ताले पुस ६ गते देखि लिलामीको सेयरका लागि पुस १२ गते सम्म आवेदन दिन पाउनेछन् । न्यूनतम एक सय रूपैयाँ मूल्य तोकी त्यसभन्दा बढी मूल्य तोकेर निवेदन दिनुपर्नेछ ।
अहिले यो कम्पनीको सेयरबजारमा प्रतिकित्ता सेयर एक हजार एक सय पचहत्तर रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।
जसको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
.................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
................................................................................................................................