स्टान्डर्ड चार्टडको ३३.३३ प्रतिशत बोनस समायोजन, प्रतिकित्ता मूल्य २१५३ कायम

Dec 07, 2016 merolagani

स्टान्डर्ड चार्टड बैक (SCB) को नेपाल स्टक एक्सचेञ्जमा सेयरमुल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको गत आर्थिक बर्षको ३३.३३ प्रतिशत बोनस सेयर समायोजन गरेपश्चात प्रतिकित्ता सेयर मूल्य २१५३ कायम भएको नेप्सेले जनाएको छ । बैंकले मंसिर ३० गते साधारणसभा गर्देछ ।



नेप्सेमा बुधबार बैंकको प्रतिकित्ता सेयर २८७० रुपैयाँमा कारोबार भएको थियो । हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ८१ करोड रुपैयाँ रहेको छ । बोनस सेयर जारी गरेपछि चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी आठ अर्ब बनाउन उसले यसै बर्ष्भित्र थप चार अर्ब २५ करोड रुपैयाँ पूँजीमा थप्नुपर्ने हुन्छ । जसका लागि बैंकले प्रिमियम रकम समेत जोडेर कम्तिमा तीन अर्ब ३० करोड रुपैयाँ बराबरको थप नयाँ साधारण सेयर ( एफपीओ) जारी गर्ने योजना अघि सारेको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।