छिमेकको ४० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, सेवाको हकप्रद आबेदन खुल्यो

Dec 08, 2016 Merolagani

छिमेक लघुवित्त बिकास बैंक(CBBL)को ४० प्रतिशत बोनस र १२.७० प्रतिशत नगद लाभांश सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम दिन हो । कम्पनीले पुस १३ गते बोलाएको १५ औं साधारणसभाका लागि आईतबारदेखि सेयरधनी दर्ता किताब बन्द हुँदैछ । सेयरधनी दर्ता किताब बन्दपछि सेयर किन्नले लाभांश खान तथा साधारणसभामा भाग लिन पाउने छैनन् ।

५९ करोड ५७ लाख चुक्ता पुँजी रहेको छिमेक लघुवित्त विकास बैंकले गत आर्थिक बर्षमा ४७ करोड २६ लाख नाफा कमाएको थियो । बोनसपछि कम्पनीको पूँजी करिब ८४ करोड रुपैयाँ पुग्नेछ ।

साथै कम्पनीले साधारणसभा मार्फत पूँजी संरचना परिर्वतन गरी संस्थापक समूहको ५१ तथा साधारणको ४९ प्रतिशत कायम गर्ने भएको छ ।

उता, सेवा विकास बैंक लिमिटेड(SEWA)ले १२० प्रतिशत अर्थात १ बराबर १.२ कित्ता हकप्रद सेयर को आबेदन मंसिर २३ गतेदेखि खोलेको छ । असोज १८ गतेसम्म कायम रहेका सेयरधनीले पौष २७ गतेसम्म हकप्रद भर्न सक्नेछन् । बैकले १०० रुपैयाँ दरको ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद जारी गरेकोे हो ।

बैंकको हकप्रद भर्नको लागि सेयर रजिष्टार एनएमबि क्यापिटल नक्साल, एनएम्बि बैंकको तथा सेवा विकास बैंकको सबै शाखाहरुमार्फत भर्न सक्नेछन् । हाल ४२.५५ करोड चूक्ता पूजीँ रहेको बैंकको हकप्रद निष्काशन पश्चात ९३.६२ करोड चुक्ता पूँजी पुग्नेछ ।

सेवा र पोखराको कामना बिकास बैंक आपसमा मर्जमा जाने सम्झौता गरी हाल सेयर कारोबार बन्द रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।