एसबिआई बैंकले किन घटायो एफपिओको मूल्य ?

Dec 09, 2016 merolagani

नेपाल एसबिआई बैंक (SBI) ले जारी गर्ने निर्णय गरेको ६७ हजार ७६७ कित्ता एफपिओको मूल्य परिमार्जन गरको छ । बैंकले धितोपत्र बोर्डको निर्देशन अनुसार यसअघि तोकेको मूल्य परिमार्जन गरिएको नेप्से मार्फत जानकारी गराएको छ । बैंकले यसअघि तोकेको एफपिओको प्रिमियम मूल्य प्रतिकित्ता १३ रुपैयाँले घटाएको छ ।

यसअघि बैंकले सय रुपैयाँ अंकित दरको सेयरमा प्रतिकित्ता ८८४ रुपैयाँ प्रिमियम थपरे ९८४ रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव गरेको थियो । जसलाई बैक संचालक समितिको ४०१औ बैठकले परिमार्जन गरेको हो । अब बैंकले प्रिमियम सहित प्रतिकित्ता ९७१ रुपैयाँमा एफपिओ जारी गर्ने छ ।

धितोपत्र बोर्डको निर्देशन अनुसार एफपिओको मूल्य परिमार्जन गरेको बैंकले जनाएको छ । पछिल्लो १८० दिनको बजारमूल्यका आधारमा मूल्य निर्धारण गर्दा पहिला तोकिएको भन्दा कम हुन गएको बैंकले जनाएको छ ।

बैंकले संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७० र ३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा गत कार्तिक ९ गते निबेदन दिएको थियो । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी प्रिमियम रकम जगेडाकोषमा रहनेछ ।

.................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।