भक्तपुरमा सूरु भयो अन्तराष्ट्रिय व्यापार मेला, मंसिर २९ गतेसम्म चल्ने

Dec 09, 2016 merolagnai

भक्तपुरको सल्लाघारीमा घरेलु तथा साना उद्यमका उत्पादनहरुको प्रर्दशनी तथा अन्तराष्ट्रिय व्यापार मेला सुर भएको छ । भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजित अन्तराष्ट्रिय व्यापार मेला मंसिर २४ देखि २९ गतेसम्म संचालन हुनेछ ।


 

संघले मौलिक हस्तकलाका उत्पादनहरुको प्रर्दशनी र साना उद्योगीहरुको प्रर्बद्धन गर्न मेलाको आयोजना गरेकोे हो । भक्तपुरको सल्लाघारीमा हुने मेलामा घरेलु तथा साना उद्यमका उत्पादनहरुका साथमा शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनहरुको प्रदर्शनी, दैनिक उपभोग्य तथा घरायसी सामग्रीहरुको सुपथ मुल्य पसल लगायत जिल्लाको पर्यटन प्रवद्र्धनका लागि पर्यटकिय स्थलहरुको जानकारी तथा परम्परागत सा“स्कृतिक नाचगानको पनि प्रदर्शनी गरिएको छ ।

 

 

यसैगरी मेलामा विद्युतीय सामग्रीहरु तथा निर्माण सामग्रीहरुको विशेष स्टलहरुको व्यवस्था हुनेछ । त्यस्तै विभिन्न ब्राण्डका सवारी साधनहरुदेखि लिएर नेवारी मौलिक खानाका स्टलहरु समेत राखिएका छन् ।

मेलामा श्रीलंकाका २० भन्दा बढि स्टलहरु रहेका छन भने चीन, भारत, भुटान, वंगलादेश, पाकिस्तान, मलेसिया, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका उत्पादनहरुको प्रदर्शनी समेत रहेको छ ।

मेलाबाट औद्योगिक उत्पानहरुको प्रवद्र्धन तथा नविन सम्भावनाहरुको पहिचान र सदुपयोग भई भक्तपुर जिल्ला लगायत मुलुककै आर्थिक उत्थानमा नयां आयाम थप्ने कार्यमा सहायक सिद्ध हुने अपेक्षा गरिएको छ ।

 

मेला अवलोकनका लागि टिकट दर प्रति व्यक्ति पचास रुपैया कायम गरिएको छ भने विद्यार्थी कार्ड वाहकलाई तीस रुपैया लाग्नेछ । ८ वर्ष भन्दा मुनीका बालबालिका, ७० वर्ष भन्दा माथिका वृद्ध–वृद्धा र शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निशुल्क गरिने छ ।

छ दिनसम्म आयोजना हुने उक्त मेला अवधिभर करिब सत्तरी हजारदेखि नब्बे हजार जनाले मेलाको अवलोकन गर्ने अपेक्षा गरेको छ ।

...............................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.............................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।