बोनस र हकप्रद समायोजनपछि कति तोकियो शिखर, छिमेक र सगरमाथा फाईनान्सको सेयर मूल्य ?

Dec 11, 2016 Merolagani

शिखर ईन्स्योरेन्स(SICL), छिमेक लघुवित्त बिकास बैंक(CBBL), नमस्ते बित्तीय संस्था र सगरमाथा फाईनान्स(Safl)को सेयर मूल्य समायोजन भएको छ ।

 

शिखर ईन्स्योरेन्सले प्रस्ताव गरेका ६० प्रतिशत बोनस वापतको मूल्य समायोजन भएर प्रति कित्ता कारोबार मुल्य रु. २२५० तोकिएको छ । मुल्य समायोजन हुनु अघि शिखरको गत बिहीबार प्रतिकित्ता रु. ३६०० मा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी छिमेक लघुवित्तले घोषणा गरेको ४० प्रतिशत समायोजन भई प्रति कित्तामूल्य रु.१२५४ रुपैयाँ तोकिएको छ । गत बिहीबार सो कम्पनीको प्रति कित्ता रु १७५५ मा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी सगरमाथा फाईनान्सको ८० प्रतिशत हकप्रद समायोजन भई प्रतिकित्ता मूल्य रु २७६ तोकिएको छ । गत बिहीबार सो कम्पनीको प्रति कित्ता रु ४१७ मा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी नमस्ते बित्तीय संस्थाको २४ प्रतिशत बोनस र शत प्रतिशत हकप्रद पछि सेयर मूल्य प्रति कित्ता रु ३९३ तोकिएको छ । गत बिहीबार उसको मूल्य प्रति कित्ता रु ७८० मा अन्तिम काराबार भएको थियो । 

आजदेखि सेयर किन्नेले यी  कम्पनीको घोषित बोनस र तथा हकप्रद पाउने छैनन् । समायोजित मूल्य भन्दा दुई प्रतिशत तलमाथि भएर आईतबारको बजारमा यी कम्पनीको सेयर कारोबार हुनसक्छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।