देवः विकास बैंकले गर्यो १४ प्रतिशत बोनस प्रस्ताव,५० प्रतिशत हकप्रद पाइपलाइनमा

Dec 11, 2016 merolagnai

देवः विकास बैंक (DBBL) ले आफ्ना शेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको १ सय ९२ औं बैंठकले यस्तो प्रस्ताव गरेको हो । साथै बैंकले पचास प्रतिशत हकप्रद जारी गर्न धितोपत्रबोर्डको अनुमति पाईसकेको छ ।



सञ्चालक समितिले गरेको प्रस्तावलाई बैंकले राष्ट्रबैंकमा स्वीकृतीका लागि पठाएको छ । राष्ट्र बैंकले उक्त प्रस्ताव स्वीकृत गरे पछि आगामी साधारण सभा मार्फत बैंकले लाभांस बितरणको प्रस्ताव पारित गर्ने छ ।

गत आर्थिक वर्षमा बैंकले १३ करोड ६५ लाख रुपैंया खुद नाफा कमाएको थियो । अहिले बैंकको चुक्ता पूँजी ८८ करोड १० लाख रुपैंया रहेको छ । बोनश शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ । 

साथै बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि ५० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृति समेत पाईसकेको छ । बैंकको गत साउन २८ गते सम्पन्न विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद पारित गरेको थियो ।

हकप्रदपछि बैंकको चुक्ता पूँजी ४४ करोड रुपैयाँले बढ्नेछ ।  

... [हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित)] ...

देव बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा पाँच करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ ।

..................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

........................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।