प्रिमियर ईन्स्योरेन्सको एफपिओ निष्काशनको जिम्मा एनएमबि क्यापिटललाई

Dec 11, 2016 merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) को एफपिओ बिक्री तथा निष्काशनको जिम्मा एनएमबि क्यापिटलले पाएको छ । प्रिमियरले ६५ लाख ९५ हजार ६५ कित्ता एफपिओ जारी गर्देछ । सो सम्बन्धि सम्झौतामा प्रिमियरको प्रमुख कार्यकारी सुद्युम्न प्रसाद उपाध्याय तथा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।


इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न ६५ लाख ९५ हजार ६५ कित्ता एफपिओ बिक्री गर्न लागेको हो । एफपिओको मूल्य भने निर्धारण हुन बाँकी छ । 

इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई गतआर्थिक बर्षको कमाईबाट २१.०५ लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

गत वर्षमा प्रिमियरले १८ करोड ५७ लाख २७ हजार रुपैंया खुद नाफा कमाएको थियो । हाल कम्पनीको ३७ करोड ३७ लाख रुपैयाँ चुक्तापूजीँ रहेको छ ।

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मा २ करोड ४ लाख खुद नाफा कमाएको छ । यसअवधिमा कम्पनीले वीमा शुल्कबाट ३४ करोड, जगेडाकोषमा १२ करोड, बिमाकोषमा २४ करोड तथा महाविपत्तीकोषमा २ करोड रुपैयाँ राखेको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ देखाएको छ ।

.................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।