नेशनल हाईड्रोले बल्ल- बल्ल डाकेको चार वर्षको संयुक्त साधारण सभा पनि रहस्यमय ढंगले स्थगित

Dec 11, 2016 Merolagani

बिबादै बिबादको घेरामा अल्झिएको नेशनल हाईड्रोपावरले बक्यौता चार बर्षको साधारणसभा बल्ल बल्ल डाके पनि आबश्यक सेयरको गणपुरक संख्या नपुगेर रहस्यमय ढंगले स्थगित गरिएको छ । मंसिर २६ गते काठमाडौ नक्सालमा बिहान ११ बजे साधारणसभा बस्ने पूर्व सूचना अनुसार त्यहाँ पुगेका सयौं साधारण सेयरधनी सभा नै स्थगित भएको थाहा पाएर खिन्न हुँदै फर्किएका थिए । कम्पनीका प्रबद्र्धक र मुख्य लगानीकर्ताहरु सभास्थलमै रहे पनि निकै झिनो उपस्थिति मात्र देखाएर सभा स्थगित हुनु रहस्यमय मानिएको छ । 

नेशनल हाईड्रोले आइतबार बिहान ११ बजे आफ्नो १६, १७, १८ र १९ औं साधारणसभा नक्साल बैंक्वेटमा बोलाएको थियो । एक पछि अर्को गर्दै सर्वसाधारण तथा संस्थापकहरु सभास्थलमा प्रवेश गर्दै गए पनि अन्त्यमा थ्रेसहोल्ड भन्दा थोरै सेयरधनी मात्र उपस्थित भए पछि साधारण सभा स्थगित गरिएको उद्घोष गरियो । साधारण सभामा कुल सेयरधनीको ६७ प्रतिशत उपस्थित हुनुपर्ने व्यवस्था गरिएको थियो । कोरम नपुगेका कारण साधारण सभा स्थगित गरिएको भन्दै अर्को साधारण सभाको सूचना केही दिनमा नै प्रकाशित हुने उद्घोष हुँदै गर्दा उपस्थित भएकाहरु केही आक्रोसित बनेका थिए ।

सभामा अढाई सय सेयरधनीका तर्फबाट १० लाख कित्ताको हाराहारीमा मात्र उपस्थिति रहेको बताइएको छ ।यद्यपी सभामा उपस्थित एनबी समुह तथा निर्मल प्रधानसँग मात्र २२ लाख कित्ता भन्दा बढी सेयर रहेको छ । ६७ प्रतिशतको थ्रेसहोल्डका कारण नै सभामा उपस्थितहरुको संख्या कम भएकाले कोरम नपुगेको हो ।कोरम नै नपुग्ने अवस्थाका कारण धेरै सेयर होल्ड गरेका कुनै पक्षले उपस्थिति नदेखाएका कारण १० लाख कित्ताको हाराहारीमा मात्र उपस्थिति भएको हो ।

साधारण सभा स्थगित भए पछि सभास्थल परिसरमा हाइड्रोमा दुई ध्रुवका रुपमा चिनिँदै आएका एनबी समुहका जीतबहादुर श्रेष्ठ तथा निर्मल प्रधान एक आपसमा भलाकुसारी गरिरहेका थिए । यस अघि सम्पन्न भएको विशेष साधारण सभामा कम्पनीलाई सुधारको बाटोमा लैजाने बताएका उनीहरु यस पटक एकै स्थानमा बसेर हातेमालो गर्दै कुरा गरिरहेको दृष्यले अब विगतका विवाद केही हदसम्म सुल्झिने सम्भावना देखिन्छ ।

दुई जना एक साथ भएको तस्बिर क्यामरामा कैद गर्दै गर्दा मेरोलगानीसँग निर्मल प्रधान तथा जीतबहादुर श्रेष्ठले एकै स्वरमा प्रश्न तेस्र्याए, ‘दुई ध्रुवका हामीहरुको एक साथ कुरा गरेको दृष्यले के अर्थ लगाउला भन्ने  लाग्छ ?’ तत्कालै उनीहरुको प्रष्टोक्ति पनि आयो ‘हामी कसरी अहिलेको समस्यालाई निकास दिने भन्नेमा छलफल गरिरहेका छौं, आज कोरम नपुगेर मात्र साधारण सभा  नभएको हो, हामी सकरात्मक विषयमा छलफल गर्दैछौं  ’ ।

कम्पनीले एक सातापछि फेरि साधारण सभा आह्वान गर्न सक्ने छ । यसका लागि तयारी सुरु गरि सकिएको कम्पनीले जनाएको छ । ‘केही दिनमा नै साधारण सभाको अर्को स’चना निकाल्छौं ।’ कम्पनीका एक प्रतिनिधिले भने ।

साधारण सभामा आर्थिक वर्ष  २०६९/७० देखि  २०७१/७२सम्मको लेखापरीक्षण प्रतिबेदनहरु माथि छलफल गरी पारित गर्ने, गत आर्थिक बर्षको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने लगायतका सामान्य प्रस्तावहरु थिए भने बिशेष प्रस्तावमा कम्पनीलाई अन्य जलविद्युत कम्पनीसँग मर्जमा लैजाने वा अरुलाई मर्ज गरेर ल्याउने तथा अपलेखन नभएका खर्चहरु अपलेखन गर्ने लगायत थिए ।

नेशनल हाईड्रोको एकसाथ चारवटा संयुक्त साधारणसभा आज, कस्तो देखिएला बित्तीय अवस्था ?

..............................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

..............................................................................................................................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।