७० प्रतिशत बोनस प्रस्ताव गरेको एभरेष्ट बैंकले बोलायो साधारण सभा

Dec 12, 2016 Merolagani

एभरेष्ट बैंक (EBL) ले ७० प्रतिशत बोनस बितरणको प्रस्ताव स्वीकृत गराउन साधारण सभा बोलाएको छ । बैंकले पुस २३ गतेका लागि बोलाएको २२ औं साधारण सभामा तीन बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाउन अनुमति माग्ने प्रस्ताव पनि लैजाने भएको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुस छ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ । बैंकले प्रस्ताव गरेको बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले पुस पाँच गते मंगलबारसम्ममा सेयर खरिद गर्नु पर्ने हुन्छ । प्रस्तावित तीन बराबर एक कित्ता हकप्रद सेयर जारी गर्न साधारण सभाले अनुमति दिएर धितोपत्र बोर्डबाट स्वीकृत भए पछि मात्र अर्को पटक शेयरधनी दर्ता पुस्तिका बन्द हुनेछ । अहिले भएको शेयरधनी दर्ता पुस्तिका बन्दले बोनस बोनस सुरक्षित गर्दै साधारण सभामा भाग लिने आधार मात्र दिन्छ ।

 

अहिले २ अर्ब ६६ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले साधारण सभाबाट बोनस पारित गरी बितरण गरे पश्चात चुक्ता पूँजी ४ अर्ब ५२ करोड रुपैंया नाघ्नेछ । बोनस बितरण पश्चात कायम हुने पूँजीबाट बैंकले १ अर्ब ५६ करोड रुपैंया बराबरको हकप्रद तीन कित्ता बराबर एक कित्ताको अनुपातमा निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभाले अनुमोदन गर्दैछ । उक्त हकप्रद निष्काशन गरी यसै आर्थिक वर्षको अन्त्यसम्मा चुक्ता पूँजी ६ अर्ब तीन करोड रुपैंयाको हाराहारीमा पुर्याउने बैंकको लक्ष्य छ ।

बोनस तथा हकप्रद निष्काशन पश्चात आगामी आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले थप १ अर्ब ९७ करोड रुपैंया पूँजी वृद्धि गर्नुपर्ने हुन्छ । बैंकको जगेडा कोषमा अहिले नै ६ अर्ब ३८ करोड रुपैंया सञ्चित भएका कारण आगामी वर्ष बैंकले चालु आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरेर नै चुक्ता पूँजी ८ अर्ब पुर्याउने देखिन्छ । गत आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैंया कमाई गरेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै ५१ करोड रुपैंया खुद नाफा गरी प्रतिशेयर आम्दानी ७७ रुपैंया १३ पैसा कायम गरेको छ ।

... [हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित)] ...

बैंकले साधारण सभामा अन्य कुनै उपयुक्त संस्थासँग मर्ज तथा एक्विजिशनका लागि पनि मार्ग प्रशस्त गर्ने प्रस्ताव पारित गर्दैछ । बैंकले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन पनि गर्दैछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।