नेपाल एसबिआई बैंकलाई एफपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति

Dec 12, 2016 Merolagani

नेपाल धितोपत्र बोर्डले ६७ हजार कित्ता प्रिमियम मूल्यमा थप नयाँ साधारण सेयर (एफपीओ) जारी गर्न नेपाल एसबिआई बैंक (SBI) लाई स्वीकृति दिएको छ । बैंकले प्रस्ताव गरेको एफपीओको मूल्यमा परिमार्जन भएसँगै बोर्डले एफपीओ निष्काशनका लागि अनुमति दिएको हो । सुरुमा प्रतिकित्ता ९ सय ८४ रुपैंयामा एफपीओ निष्काशनको प्रस्ताव गरेको बैंकले बोर्डको निर्देशनमा बजार मूल्यमा आधारित रही ९ सय ७१ रुपैंयामा एफपीओ निष्काशन गर्ने निर्णय गरेको थियो ।

संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७० र ३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा गत कार्तिक ९ गते निबेदन दिएको थियो । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी प्रिमियम रकम जगेडा कोषमा रहनेछ ।

एसबिआई बैंकले किन घटायो एफपिओको मूल्य ?

बैकको ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी २८ प्रतिशत बोनस वितरण पश्चात ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ । त्यसपछि ६७ हजार कित्ता एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढेर ४ अर्ब ८९ करोड रुपैंया पुग्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

नेपाल एसबीआई बैंकले तोक्यो हकप्रदको अनुपात

चालु आर्थिक बर्षको पहिलो तीन महिना असोज मसान्तसम्मा बैंकले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी ३६ दशमलव ४८ रुपैयाँ, नेटवर्थ १ सय ८८ रुपैयाँ ७९ रुपैयाँ रहेको छ । एसबिआइ भारतीय संयुक्त लगानीको नेपाली बैंक हो । बैंकले ७३ शाखा ,८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत सेवा प्रदा गर्दै आइरहेको छ ।

नेपाल एसबिआइ बैंकले २८ प्रतिशत वोनस दिने,कति पूग्छ पूँजी?

उता महाकाली विकास बैंक पनि दुई लाख ३६ हजार तीन सय ६७ कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) जारी गर्न स्वीकृति माग्दै धितोपत्र बोर्ड पुगेको छ । १२ करोड ७२ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकको नयाँ सेयर निष्काशन पश्चात चुक्ता पूँजी १५ करोड नाघ्नेछ । काष्ठमण्डप डेभलपमेण्ट बैंकसँग एक बराबर एक अनुपातको स्वापमा एक्वायर हुन महाकाली विकास बैंकले सम्झौता गरेकोमा अब काष्ठमण्डप सहित महाकालीलाई पनि कुमारी बैंकले नै आफुमा मिलाउने भएको छ ।

... [हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित)] ...

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।