एनएमबी बैंकले एफपीओ ल्याउन साधारणसभमा प्रस्ताव लैजाने, कति कित्ता एफपीओ ?

Dec 14, 2016 Merolagani

नेदरल्याण्डको एफएमओ बिदेशी साझेदारले २० प्रतिशत सेयर किनेपछि एनएमबी बैंक(NMB)ले सर्वसाधारणको हिस्सा पनि बढाउँन थप नयाँ साधारण सेयर(एफपीओ) जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ । बेंकले गत बर्षको खुद नाफाबाट १९ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गराउने समेत कार्यसूची राखी  पुस २४ गते एक्काईसौं साधारणसभा बोलाएको छ ।

 

 

सो साधारणसभाले एफपीओ वापत जारी हुने सेयर संख्या, अंकित मूल्यमा प्रिमियम थप गरी कायम हुने सेयर मूल्य निर्धारण गर्ने सूचनामा उल्लेख छ । साधारणसभाले नै एफपीओ वापत जारी हुने सेयर संख्या कायम गर्ने भन्दै साधारणसभाको सूचनामा सेयर संख्या उल्लेख गरिएको छैन ।

एनएमबीले केही महिना अघि नेदरल्याण्डको एफएमओलाई २० प्रतिशत हिस्सा कायम हुने गरी झण्डै ९४ लाख कित्ता संस्थापक सेयर प्रिमियम मूल्यमा बेचेको थियो । प्रति किक्ता १५० रुपैयाँ प्रिमियम थप गरी बेचिएको सो सेयरबाट संकलित झण्डै डेढ अर्ब उसको जगेडा कोषमा गएको छ ।

बैंकले गत बर्ष एक अर्ब १५ करोड कमाएर प्रति सेयर आम्दानी २८ रुपैयाँ ६६ पैसा कायम गरेको थियो । बेंकले भृकुटी, पाथिभरा, क्लिन ईनर्जीलगायतका बिकास बैंकहरुलाई मर्ज गर्दाको स्वापबाट बचेको रकम समेत जगेडामा राखेको छ ।

पाँच अर्ब ४३ करोड चुक्ता पूँजी भएको एमएनबीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३५ करोड कमाएर प्रति सेयर आम्दानी ३१ रुपैयाँ ४६ पैसा कायम गरेको छ । उसको जगेडा कोषमा चार अर्ब २८ करोड र पूँजी कोष १४ रहेको छ । जलबिद्युतमा लगानी गर्न माहिर मानिएको बिदेशी साझेदारको बलियो उपस्थितिले एनएमबी भबिष्यमा आशलाग्दो बैंकको रुपमा उदाउने संभावना बढेको छ ।

कम्पनीको बोनस सेयरमा दावी गर्न तथा साधारणसभामा भाग लिन पुस ६ गतेसम्ममा सेयर किनसिक्नु पर्ने हुन्न्छ । कम्पनीले पुस ७ गते सेयरधनी दर्ता किताब बन्द गर्दैछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।