सप्तकोशी डेभलपमेण्ट बैंकले बोनस, साधारण सभा र शतप्रतिशत हकप्रदका लागि तोक्यो बुक क्लोजको एउटै मिति

Dec 14, 2016 Merolagani

मिथिला लघुवित्तको कहिले हुँदैछ बुक क्लोज ?
मोरङको बिराटनगरमा मुख्य कार्यालय रहेको सप्तकोशी डेभलपमेण्ट बैंकले साधारण सभा तथा हकप्रद निष्काशनका लागि एउटै मितिमा सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ११ प्रतिशत बोनस तथा शुन्य दशमलव ५७ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको बैंकले धितोपत्र बोर्डबाट स्वीकृत भएको एक बराबर एक कित्ता हकप्रदको पनि एकै पटक बुक क्लोज गर्न लागेको हो ।

सप्तकोशी डेभलपमेण्ट बैंकले गत फागुन २८ गतेको तेस्रो वार्षिक साधारण सभाबाट पारित भई धितोपत्र बोर्डबाट कात्तिक २९ गते स्वीकृति पाएको शतप्रतिशत हकप्रद निष्काशनका लागि बुकक्लोजको मिति निर्धारण गरेको हो । बैंकले प्रस्तावित बोनस तथा हकप्रदका लागि आगामि पुस आठ गतेदेखि पुस २८ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्न लागेको हो । बैंकले बोनस पारित गर्नका लागि पुस २८ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको हकप्रद तथा बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले पुस सात गते बिहीबारसम्ममा बैंकको सेयर खरिद गर्नुपर्ने हुन्छ । बैंकले तेस्रो साधारण सभामा एक सय ५० प्रतिशत हकप्रदको प्रस्ताव लगेकोमा एक सय प्रतिशत मात्र निष्काशन गर्ने अनमति लिएर धितोपत्र बोर्डमा गएको थियो । आगामी पुसमा हुने चौथो साधारण सभामा प्रस्तुत हुने अन्य विषयामा भने बैंकले केही खुलाएको छैन । अहिले १० करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको बोनस बितरण तथा हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २१ करोड १० लाख रुपैंया पुग्नेछ ।

मिथिला लघुवित्तले बोलायो साधारण सभा

उता मिथिला लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने भनी प्रस्ताव गरेको १२ दशमलव ६६ प्रतिशत बोनस तथाशुन्य दशमलव ६६ प्रतिशत नगद लाभांस अनुमोदन गर्न साधारण सभा बोलाएको छ । लघुवित्तले आगामी पुस २३ गतेका लागि साधारण सभा बोलाएको हो । साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस आठ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । लघुवित्तको बोनस सुरक्षित गर्न चाहने लगानीकर्ताले पुस सा तगते बिहीबारसम्ममा लघुवित्तको सेयर खरिद गर्नुपर्ने हुन्छ ।

पाँच करोड छ लाख रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तले केही समय अघि मात्र ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । बोनस बितरण तथा हकप्रद सेयर सुचिकरण पश्चात लघुवित्तको चुक्ता पूँजी साढे आठ करोडको हाराहारीमा पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।