नेशनल लाईफको ३० प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद पारित

Dec 14, 2016 merolagani

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी (NLICL) ले ३० प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न २८ औ बार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।



नेशनल लाईफले  चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर लगानीकर्तालाई बाड्नेछ । साथै कम्पनीले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांशको ब्यवस्था पनि गरेको छ ।

बोनस वितरणपछि शतप्रतिशत हकप्रद जारी गर्दा कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६४ करोड नाघ्ने छ । यसवाट भविष्यमा तोकिन सक्ने संभावित पूंजी बृद्धिको लागि सहयोग हुने कम्पनीले आशा गरेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।