लमजुङको बेसीशहर नगरपालिका वडा नं.१० मा केन्द्रिय कार्यालय रहेको प्यासिफिक डेभलपमेण्ट बैंकलाई आफुमा विलय गर्ने सम्झौता यस अघि नै गरेको थियो ।
७ वर्ष देखि बैंकिङ्ग कारोवार गर्दै आएको १३ करोड रुपैंया चुक्ता पूँजी रहेको प्यासिफिकलाई डिडिए प्रतिबेदनको सिफारिस अनुसार प्यासिफिकको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ६९.२६ कित्ता शेयर दिने गरी प्रकृया अघि बढाउन विशेष साधारण सभाले मार्ग प्रशस्त गरेको हो । यो एक्विजिशन पश्चात ग्लोबल आइएमईको चुक्ता पूँजी ६अर्व २५ करोड ६३ लाख रुपैंया पुग्ने छ ।
विषेश साधारण सभाबाट एक्विजिशनको अनुमति पाए लगत्तै राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि जाने बताएको बैंकले सबै प्रकृया पुरा गरी पुस १५ गते भित्रमा एकिकृत कारोवार सुरु गर्ने लक्ष्य लिएको छ । उता रिलायबल डेभलपमेण्ट बै.कलाई पनि आफुमा विलय गर्ने सम्झौता ग्लोबल आइएमईले गरेकोमा धितोपत्र बोर्डले रिलायबललाई प्रस्तावित हकप्रद निष्काशन पश्चात मात्र एक्वायर प्रकृया अघि बढाउन निर्देशन दिए पछि अहिलेलाई उक्त प्रकृया स्थगित भएको छ ।
१६ प्रतिशत बोनस प्रस्ताव गरेको बैंकले नियमित साधारण सभा भने आह्वान गरेको छैन । केही दिनमा नै साधारण सभाको मिति तय हुने बैंक व्यवस्थापनले जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ९१ शाखा, नौ वटा नेपाल सरकारका राजश्व संकलन काउण्टर छ वटा एक्सटेन्सन काउण्टर तथा ४४ वटा शाखारहित बैंकिङ्ग सेवा माफर्त वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको एक सय तीन वटा एटिएम काउण्टर, एउटा सिडिएस काउण्टर छन् । अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको बैंकले ८१ अर्व निक्षेप संकलन गरी ६९ अर्व कर्जा लगानी गरेको छ ।