चिलिमेले १० प्रतिशत बोनस र दश प्रतिशत नगद लाभांस दिने

Dec 15, 2016 merolagani

चिलिमे जलविद्युत् कम्पनी (CHCL) ले आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । विहिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो ।



कम्पनीले गत बर्षको नाफाबाट उक्त लाभांस प्रस्ताव गरेको हो । कम्पनीको लाभांस बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । कम्पनीले साधारणसभाको मिति भने तय गरेको छैन ।

कम्पनीले गत बर्ष ९२ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको तीन अर्ब १३ करोड रुपैयाँ चुक्तापूँजी छ । बोनसपछि कम्पनीको पूँजी तीन अर्ब ४५ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

चिलिमेले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा ३० करोड ७३ लाख रुपैयाँ नाफा गरेको छ। यसअवधिमा कम्पनीको प्रति सेयर आम्दानी ४६ रुपैयाँबाट झरेर ३९ रुपैयाँमा छ।

कम्पनीले असोज मसान्तसम्ममा चार अर्ब ९८ करोड रुपैयाँ लगानी समेत गरेको छ भने चार अर्ब ६३ करोड जगेडाकोषमा राखेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।