हिमालयन बैंकको हकप्रद भर्न छुट्यो कि ? आज अन्तिम दिन

Dec 15, 2016 Merolagani

हिमालयन बैंक (HBL) को सेयर तपाईसँग छ र हकप्रद भर्नु भएको छैन भने हकप्रद भर्न दौडिनु होस् । किनकी आज मध्यान्ह बैंकिंग समय पश्चात बैंकको हकप्रद सेयरको आवेदन लिने काम बन्द हुँदैछ । बैंकले प्रति सात बराबर एक कित्ताका दरले गत कात्तिक २६ गतेदेखि हकप्रद निष्काशन गरिरहेको छ । तपाई आवेदन फारम नपाउने स्थानमा हुनुहुन्छ भने पनि यहाँ उपलिब्ध गराइएको आवेदन फारम भरेर आफ्नो हकप्रद सुरक्षित गर्न सक्नु हुन्छ ।

हिमालयन बैंकले एक सय रुपैया अंकित दरका ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको हकप्रदमा आवेदन दिन पाउनेछन् । बैंकले हकप्रद प्रयोजनका लागि कात्तिक १० गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल तथा हिमालयन बैंकको कमलादी शाखा बाहेक सबै शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन गर्न सकिने छ ।

तपाईसँग हकप्रदका लागि आवेदन छैन भने यहाँबाट फारम डाउनलोड गर्नुहोस् । अनि आफ्नो सबै विबरण भरेर आफुलाई पायक पर्ने हिमालयन बैंकको शाखा कार्यालयमा गएर आवेदन बुझाउनु होस् । याद राख्नु होस्, अनलाइनबाट डाउनलोड गरिएको आवेदन फारममा सिरियल नम्बर हुँदैन । तसर्थ आवेदन बुझाउँदा आफ्नो फारममा सिरियल नम्बर उल्लेख गराउनुहोस् । बैंकले उपलब्ध गराएको आवेदन फारमबाट हकप्रद भर्दा त्यसलाई बढी प्राथमिकता दिइन्छ । तपाईसँग कति सेयर छ अनि कति हकप्रद भर्न पाइन्छ भन्ने अन्यौलता छ भने यो लिंकमा गएर आफ्नो बिरण भरी हकप्रदको अवस्था थाहा पाउनु होस् ।

[हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित)]

हाल बैंकको चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद वितरण पश्चात बैंकको चुक्तापूँजी पाँच अर्ब १४ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको छ । उक्त बोनस अहिले निष्काशन भएको हकप्रदले नपाउने बैंकले प्रष्ट पारिसकेको छ । बोनस समेत वितरण गर्दा बैंकको चुक्ता पूँजी छ अर्ब ४८ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।