लुम्बिनी जनरल इन्स्योरेन्सको १८.१८ प्रतिशत बोनस र हकप्रद पारित

Dec 15, 2016 merolagani

लुम्बिनी जनरल ईस्योरेन्स (LGIL) को १२ औं वार्षिक साधारणसभाले १८.१८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै कम्पनीले बोनसपछि शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । बोनस र हकप्रदपछि कम्पनीको चुक्तापूँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।




ईन्स्योरेन्सले गत आर्थिक वर्षमा १५ करोड ५९ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी ४७ रुपैंया २६ पैसा कायम गरेको थियो ।

ईन्स्योरेन्सको चुक्ता पूँजी ३३ करोड रुपैंया तथा जगेडा कोषमा १४ करोड २९ लाख रुपैंया सञ्चित छ । बोनस र हकप्रदपछि कम्पनीको चुक्तापूँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अर्थात असोज मसान्तस २८ करोड ७० लाख बीमा शुल्क आर्जन गरेको छ । साथै कम्पन्ीले महाभुकम्पको कारणबाट भएको क्षतिका दावीहरु हाल शतप्रतिशत फछ्र्यौट भइसकेको जनाएको छ ।

सभाले कम्पनीको अधिकृत पूंजी  १ अर्ब र जारी तथा चुक्ता पूंजी  ७८ करोड पु¥याउने प्रस्ताव समेत पारित गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।