बैंकले जारी गरेको एफपीओमा यहि पुष १० गतेदेखि छिटोमा पुष १३ गते तथा ढिलोमा २४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
एफपीओका लागि ईच्छुक लगानीकर्ताले एनएमबि बैंकिङ लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड तथा नेपाल एसबिआई बैंकका शाखाहरु मार्फत आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्युनतम दश कित्ता अर्थात नौ हजार सात सय दश रुपैयाँदेखि अधिकतम ६७० कित्ता अर्थात ६ लाख पचास हजार ५७० रुपैयाँसम्मको आवेदन दिन पाउने बैंकले जनाएको छ ।
बैंकले संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०:३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा गत कार्तिक ९ गते निबेदन दिएको थियो । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी ६ करोड बढी प्रिमियम रकम जगेडा कोषमा रहनेछ ।
हाल बैकको ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी छ । गतबर्षको मुनाफाबाट २८ प्रतिशत बोनस बाड्दा बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ । त्यसपछि ६७ हजार कित्ता एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढेर ४ अर्ब ८९ करोड रुपैंया पुग्नेछ ।
चालु आर्थिक बर्षको पहिलो तीन महिना असोज मसान्तसम्मा बैंकले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी ३६ दशमलव ४८ रुपैयाँ, नेटवर्थ १ सय ८८ रुपैयाँ ७९ रुपैयाँ रहेको छ । नेपाल एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ । बैंकले ७३ शाखा ,८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत सेवा प्रदा गर्दै आइरहेको छ ।