सेयर धितो कर्जा ७२ करोडले बढ्यो तर सिमा भन्दा धेरै कम परिचालन

Dec 16, 2016 merolagani

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.५ प्रतिशतले बढ्यो
चालु आर्थिक बर्षको पहिलो चार महिना अर्थात कार्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जामा बढोत्तरी आएको छ । असोज महिनाको तुलनामा यस प्रकारको कर्जा ७२ करोड रुपैयाँले बढेको हो ।



राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो चार महिना अर्थात कात्तिक मसान्तसम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय प्रतिवेदनमा  मार्जिन कर्जा बढेको उल्लेख छ ।

कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २.२ प्रतिशत अर्थात ३९ अर्ब ३० करोड रहेको छ । जून गत असोजमसान्तको तुलनामा ७२ करोड रुपैयाँले बढी हो ।

तर राष्ट्र बैंकले सिमा तोके भन्दा निकै कम मात्र मार्जिन कर्जा बैंक तथा बित्तीय संस्थाहरुले प्रबाह गरेका छन् । 

असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा  ३८ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।

यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.५ प्रतिशतले बढेको छ । त्यस्तै निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.४ प्रतिशत, कृषि क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ७.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ७ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा ८.१ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले बढेको छ ।

२०७३ कार्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.७ प्रतिशत र १२.६ प्रतिशत रहेको थियो ।

२०७३ कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा २ खर्ब ७० अर्ब ४० करोड (प्रति ग्राहक रु. १ करोडभन्दा कमको १ अर्ब ५५ अर्ब ६७ करोडको आवासीय घरकर्जा समेत) रहेको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हुन आउँछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।