चार अर्ब ४७ करोड चुक्ता पूँजी र त्यसकै हाराहारीमा अर्थात चार अर्ब २० करोडको जगेडा कोष रहेको बैंकको बोनस सेयर वितरण पश्चात चुक्तापूँजी पाँच अर्ब ६३ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।
राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि बैंकले चालु आर्थिक वर्षको कमाईबाट प्रतिफल बितरणका साथै अरु कुनै सानो संस्थासँग एक्वायर, मर्जर वा अरु कुनै विकल्पमा जान सक्छ । जगेडा कोष राम्रो भएका कारण पूँजीमा बैंकलाई खासै समस्या हुने देखिँदैन । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ९ लाख रुपैंया खुद नाफा कमाएर प्रति सेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा कायम गरेको छ । निस्क्रिय कर्जामा भारी कटौती भएर १.१२ प्रतिशतमा ओलिएको छ भने पूँजी कोष १३.०७ प्रतिशतमा चढेर दरिलो बनेको छ ।