बैंकले बोनस लगायतमा प्रस्ताव पारित गर्न पुष २२ गतेका लागि साधारणसभा बोलाएको छ ।
हाल बैंकको चुक्तापूँजी ३ अर्ब ८६ करोड रुपैयाँ तथा जगेडा कोषमा १ अर्ब ५१ करोड रुपैयाँ छ । बोनस बाँडेपछि बैंकको पुँजी ८० करोड रुपैयाँले बढ्नेछ ।
बैंकले हालको चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने क्रममा रहेको छ । बैंकले हकप्रद प्रयोजनका लागि गत कात्तिक १२ गते नै सेयरधनी दर्ता पुस्तिका बन्द गरेर मंसिर १९ गतेदेखि ५० प्रतिशत हकप्रद बिक्री खुला गरिसकेको छ । बैंकको हकप्रदमा पुष २४ गतेसम्म आवेदन गर्न सकिनेछ ।
बैंकले एक अर्ब ९३ करोड रुपैयाँ बराबरको अर्थात हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।