मन्जुश्री फाईनान्सले बोनस र हकप्रदको लागि एकैपटक सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने

Dec 18, 2016 merolagani

मन्जुश्री फाइनान्स (MFIL) ले बोनस सेयर तथा हकप्रद प्रयोजनको लागि एकसाथ सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने सूचना जारी गरी  साधारणसभा बोलाएको छ । कम्पनीले बोनस सेयर जारी गर्ने लगायतका प्रस्ताव पारित गराउन पुस २९ गते साधारणसभा बोलाएको छ । साधारणसभामा भाग लिन, बोनस पाउन र हकप्रद सुरक्षित गर्न यही पुस ८ गतेसम्ममा सेयरधनी  भईसक्नु पर्नेछ । 

फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट १४ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि शुन्य दशमलव ७४ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको छ । साथै कम्पनीले अघिल्लो साधारणसभाबाट पारित गरेको १ सय ७५ प्रतिशत हकप्रद निष्काशनको लागि पनि एकसाथ सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने सूचना जारी गरेको छ । 

कम्पनीका अनुसार बोनस र हकप्रदका लागि यहि पुष ९ गतेदेखि २९ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द हुने भएको छ  । पुष ८ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको बोनस र हकप्रद दाबी गर्न पाउनेछन् । कम्पनीलाई १ सय ७५ प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डले स्वीकृति दिईसकेको छ । 

२५ करोड ६ लाख  रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सले गत आर्थिक वर्षमा ३ करोड ३० लाख ७१ हजार रुपैंया खुद नाफा कमाएको थियो । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९० लाख ४८ हजार रुपैयाँ कमाएर प्रति सेयर आम्दानी १४ रुपैयाँ ४८ पैसा कायम गरेको छ । 

 १ सय ७५ प्रतिशत हकप्रद निष्काशन तथा बोनस बितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैंयाको हाराहारीमा पुग्नेछ ।धेरैैै अनुपातमा हकप्रद आएकाले मूल्य उचालिएर सेयर किन्नु चाँही त्यति फाईदाजनक नहुनसक्छ । 

यस बर्षको खुद नाफाबाट बोनस दिएर उसले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड पुर्याउने देखिन्छ । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।