५० प्रतिशत हकप्रदले बोनस पाउँदैन : माछापुच्छ्रे बैंक

Dec 18, 2016 merolagani

माछापुच्छ्रे बैंक (MBL) ले अहिले बिक्री गरिरेहको ५० प्रतिशत हकप्रदले बोनस नपाउने स्पष्ट पारेको छ । बैंकले प्रस्ताव गरेको २०.७५ प्रतिशत बोनस समायोजन गर्दा नेप्सेले ५० प्रतिशत हकप्रदलाई समेत गणना गरेर १३.८३३ प्रतिशत समायोजन गरेपछि लगानीकर्तामा अन्योल  बढेपछि बैंकले हकप्रदले बोनस नपाउने स्पष्ट पारेको हो ।



हकप्रदको मूल्य समायोजन हुँदा नेप्सेबाट हकप्रदलाई समेत गणना गरिने गरेकाले लगानीकर्ताहरु अन्योलमा पर्ने गरेका छन् । बिगतमा मितेरी र मुक्तिनाथ बिकास बैंकको बोनस सेयर वापतको मूल्य समायोजनमा पनि यस्तै अन्योल उत्पन्न भएको थियो । 

माछापुच्छ्रे बैंकका कम्पनी सचिव टीका भट्टराईले मेरो लगानीसँग कुरा गर्दे हकप्रदले बोनस नपाउने जानकारी दिए ।

‘अहिले बैंकले बिक्री गरिरहेको  ५० प्रतिशत हकप्रद भर्ने म्याद पुष २४ गतेसम्म छ । त्यसपछि हकप्रद बाँडफाँड र सूचिकृत गर्दा निक्कै लामो समय लाग्नसक्छ । हामीले नेप्सेमा जानकारी गराउदा पनि हकप्रदले नपाउने नै भनेका हौ । मूल्य समायोजन गर्दा हकप्रदलाई गणना गरेपनि हकप्रदले बोनस पाँउदैन- उनले भने ।’

गतबर्षको कमाईबाट २०.७५ प्रतिशत बोनस प्रस्ताव गरेको बैंकले बोनस लगायतका प्रस्ताव पारित गर्न पुष २२ गतेका लागि साधारणसभा बोलाएको छ ।

आइतबार नेप्सेले हकप्रदलाई समेत गणना गरेर बोनस १३.८३३ अनुपात कायम गरी सेयर मूल्य ४५२ रुपैयाँ प्रति कित्ता कायम भएको जनाएको छ ।

नेप्सेको द्धिविधापूर्ण सूचनाले मेरोलगानी डटकमको यसअघिको समाचारमा अन्यथा पर्न गएकोमा सच्याईएको छ । -सम्पादक

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।