एभरेष्ट बैंकको सेयर किनबेचमा किन पर्यो चाप ?

Dec 18, 2016 Merolagani

एभरेष्ट बैंकले घोषणा गरेको ७० प्रतिशत बोनस सेयर र साधारणसभाका लागि सेयरधनी दर्ता किताब बन्दको दिन नजिकिदै गर्दा सो कम्पनीको सेयर खरिद बिक्रीमा चाप परेको छ । बोनस खान सेयर किन्ने र बोनस नखाई सेयर बेचेर फाईदा सुरक्षित गर्नेहरुका बीचमा चर्को मोलतोल चल्दै गर्दा नेप्सेमा एभरेष्ट बैंकको १५ करोड रुपैयाँ बराबरको सेयर आईतबार एकैदिन खरिद बिक्री भएको हो ।

सेयर बजारको जम्मा कारोबार रकम ६२ करोड हुँदा एभरेष्ट बैंकको मात्रै १५ करोड नाघ्नु  निकै उत्साहप्रद पक्ष हो । 

एभरेष्ट बैंकले पुस २३ गते हुने २२ औं साधारणसभाका लागि पुस ६ गते सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । उसले घोषणा गरेको ७० प्रतिशत बोनस पाउन र साधारणसभामा भाग लिन पुस ५ गतेसम्ममा सेयर किनेको हुनुपर्नेछ । कम्पनीले साधारणसभामा प्रस्ताव लैजान लागेको तीन बराबर एक कित्ता हकप्रदका लागि भने साधारणसभाबाट सो प्रस्ताव पारित भई धितोपत्र बोर्डले स्वीकृत गर्दासम्मको लम्बे प्िरक्रया पुरा हुनुपर्ने भएकाले हकप्रद ग्यारेन्टी गर्ने गरी कम्तिमा चार महिनापछि अर्कै सूचनाद्धारा सेयरधनी दर्ता किताब बन्द हुनसक्छ ।

७० प्रतिशत बोनस खाने गरी दीर्घकालीन लगानी गर्ने कि पहिले सस्तोमा किनेको सेयर बेचेर अहिले बोनस सेयरको मूल्य समायोजन हुनुभन्दा अघि फाईदा सुरक्षित गर्ने भनी रोज्नु एभरेष्ट बैंकका लगानीकर्ताहरुका लागि दुईवटा विकल्प छन् । कतिपय कम्पनीको बोनस सेयर मूल्य समायोजन भएपछि दीर्घकालीन लगानी गर्नेहरुले जितेका छन् भने घट्दो बजारमा अर्कैप्रभाव पर्नसक्छ । बाणिज्य बैंकहरु मध्येमा महंगो सेयर मूल्य भएको एभरेष्टको सेयर किनेर राख्ने कि बेच्ने सम्बन्धित लगानीकर्ताको रोजाईको बिषय हो ।

                             यस्तो देखिन्छ एभरेष्टको कारोबार पृष्ठभुमि

माथिकोले एभरेष्ट बैंकको सेयर मूल्य घटबढको अबस्था देखाउँछ भने तलको चित्रले सो दिनको सेयर कारोबार संख्या जनाउँछ ।

एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सेयर जारी भएपछि उसको सेयर संख्या बढ्न गई प्रतिसेयर आम्दानी खुम्चिने हुँदा उचालिएर सेयर किन्नु कति उचित भन्ने प्रश्न छदैछ । एभरेष्टले पूँजी बढाएको अनुपातमा खुद नाफा र प्रतिसेयर आम्दानी बढाउनु पर्ने दबाब त्यसको ब्यवस्थापनलाई पर्नसक्छ । बोनस र हकप्रदबाट एभरेष्टको चुक्ता पूँजी ६ अर्ब हाराहारीमा पुग्नेछ । एभरेष्ट बैंकले चुक्ता पूँजी बृद्धिलाई यस बर्षको खुद नाफा र कुनै बैंक तथा बित्तीय संस्थाहरुलाई मर्ज वा एक्विजिशन गर्ने लगायतका बिकल्पहरु पनि राखेकाले यता पनि ध्यान पुर्याउनु आबश्यक हुन्छ । 

एभरेष्ट बैंक भारतीय संयुक्त लगानीमा स्थापित राम्रो बाणिज्य बैंक भएको कुरामा कुनै शंका छैन । उसको खुद नाफा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा गत बर्षको सोही अबधिको तुलनामा उल्लेखनीय रुपमा  बढेको छ र आधारभुत सुचकहरु राम्रा छन् तर यसपटक उसले लगानीकर्ताको मुहार हँसिलो बनाए जस्तै बिगतमा के भयो र भबिष्यमा के होला भन्ने आँकलन गर्नु पनि उत्तिकै जरुरी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।