किन बिकेन कृषि बिकास बैंकको २६ लाख भन्दा बढी कित्ता हकप्रद सेयर ?

Dec 18, 2016 merolagani

कृषि विकास बैंक (ADBL) ले निष्काशन गरेको ५० प्रतिशत हकप्रद सेयरमा २६ लाख कित्ता भन्दा बढीका लागि आबेदन नपरेको पाईएको छ । बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुलाएको थियो ।


बैंकले अग्राधिकार सेयर बाहेकको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैंयाको ५० प्रतिशतले हुने १ अर्ब ९६ करोड ८८ लाख रुपैंया बराबरको हकप्रद निष्काशन गरेको थियो । जसमध्ये एक करोड कित्ता अर्थात एक अर्ब रुपैयाँ सरकारले जम्मा गरेको छ ।

सर्वसाधारणका लागि छुट्याइएको ९६ लाख ८८ हजार कित्ता अर्थात ९६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयरमा ७१ करोड रुपैयाँ बराबरको आवेदन परेको बैंकको धितोपत्र तथा बिक्री प्रबन्धक एस क्यापिटलले जनाएको छ ।

क्यापिटलका प्रमुख कार्यकारी पूर्णचन्द्र दाहालका अनुसार करिब ९७ करोड रुपैयाँ बराबरको सेयर निश्काशन भएकोमा ७१ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बैंकका दुई लाख सेयरधनीहरु भएपनि एक लाख भन्दा केही बढीले मात्र आवेदन बुझाएका छन् ।

कृषि बिकास बैंकले पहिले गाउँ गाउँमा ऋणीहरुलाई सेयर बितरण गरेको थियो । ती मध्येका कयौंको मृत्यु भएको र नजिकका हकवालाले हकप्रद किन्ने प्रक्रियामा चासो नदिदा पनि आबेदन कम भएको हुनसक्ने संभावना ब्यक्त गरिएको छ । 

देशभर २५० शाखा संजाल रहेको कृषि बिकास बैंकले जिल्ला जिल्लाबाट हकप्रदको आबेदन संकलन गरेको थियो, त्यो राजधानी आईपुग्ने क्रम जारी छ । अहिले आबेदकले बुझाएको रकमको हिसाबका आधारमा २७ लाख कित्ता हकप्रद नबिकेको आँकलन गरिएको हो । ती आबेदनपत्रहरु काठमाडौ आई पुगेर रुजु गरिएपछि मात्र आबेदन नगरिएको वास्तविक सेयर संख्या पत्ता लाग्ने जनाईएको छ । 

 ठूलो मात्रामा हकप्रदमा आवेदन नपर्नु लगानीकर्ताको वेवास्ता भएको दाहालको भनाई छ। सूचना नपाएर हकप्रद भर्न छुटेको भन्न मिल्दैन- दाहालले भने ।

बैंकले चुक्ता पूँजी ८ अर्ब रुपैंया बनाउने क्रममा ५० प्रतिशत हकप्रद पश्चात २० प्रतिशत बोनस बितरण गर्ने पूँजी योजना राष्ट्र बैंकमा बुझाएको छ ।  

उसले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैंया खुद नाफा गरेको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४२ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकको जगेडा कोषमा ८ अर्ब ८० करोड रहेको छ ।

चुक्ता पूँजी बढेसँग खुद नाफा र प्रति सेयर आम्दानी कायम गर्नुपर्ने चुनोति उसलाई छ । हकप्रदमा नबिकेको सेयर लिलाम गरेर कृषि बिकास बैंकले यस बर्ष झण्डै एक अर्ब थप कमाई जगेडा कोषमा जम्मा गर्नसक्ने देखिएको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।